Incident Reports

गृहमन्त्रीकै जिल्लामा उम्मेदवार असुरक्षित, एमाले उम्मेदवारमाथि आक्रमण

2022-05-09

Lumbini, Rupandehi, Butwal, Ward 12

बुटवलः बुटवलमा नेकपा (एमाले) का उम्मेदवार सवार गाडीमा आक्रमण भएको छ। सोमबार साँझ प्रचारप्रसारका क्रममा बुटवल उपमहानगरपालिका १२ का वडाध्यक्ष पदका उम्मेदवार देवीप्रसाद रेग्मीमाथि आक्रमण भएको हो। आक्रमणमा उनी सवार बा २० च ६७८५ नम्बरको गाडीमा क्षति पुगेको छ। नयाँगाउँ मावि नजिकै प्रचारमा हिँडेका रेग्मीको गाडीमा एक्कासी ढुंगा प्रहार भएको थियो। ढुंगा प्रहारबाट गाडीको सिसा फुटेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए। गाडीमा उम्मेदवार रेग्मीसहित एमाले जिल्ला सदस्य सोमबहादुर विक र चालक प्रदीप भट्टराई थिए। स्थानीय प्रत्यक्षदर्शीका अनुसार स्कुटरमा आएका व्यक्तिहरुले ढुंगा हानेर भागेको थिए। ढुंगा हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। गृहमन्त्री बालकृष्ण खाणको गृह जिल्लामा नै उम्मेदवार असुरक्षित भएको भन्दै निर्वाचन निष्पक्ष हुनेमा एमाले नेताहरुले आशंका गरेका छन्। ढुंगा प्रहारबाट क्षति भएको गाडीलाई नयाँगाउँ प्रहरी चौकीमा राखिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Election-related incident
Secondary Cause Intraparty Competition
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media

0 Comments