Incident Reports

धरानको मतगणना स्थलमा माओवादी केन्द्रको प्रदर्शन

2022-05-18

Province 1, Sunsari, Dharan, Ward 20

धरान उपमहानगरको मतगणना रोकिएको छ। माओवादी केन्द्रका कार्यकर्ताले प्रदर्शन गरेकाले पब्लिक हाइ स्कुलमा भइरहेको मतगणना रोकिएको हो। बुधबार दिउँसो धरान वडा नम्बर २० को मतगणना सकिएको थियो। उक्त वडामा चार मतको अन्तरले कांग्रेसका पदम लिम्बुले वडाध्यक्ष जिते। माओवादी केन्द्रका विजय तामाङ पराजित भए। मतगणनाको क्रममा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षरबिनाको पाइएको थियो। तीमध्ये ११ मतमा वडाध्यक्षमा माओवादी केन्द्रलाई मत दिइएको थियो। माओवादी केन्द्रसहितको सर्वदलीय बैठकले ती सबै मतपत्र रद्द गर्ने निर्णय गरेको थियो। अन्तिम परिणाममा आफ्ना वडाध्यक्ष चार मतले हारेपछि माओवादीले तिनै मतपत्रको विवाद झिकेर प्रदर्शन गरेको हो। धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १४ मतले अग्रता लिएका छन्।  २८५६६ मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार साम्पाङले गठबन्धनका उम्मेदवार किशोर राईलाई १४ मतले पछि पारेका हुन्। दिउँसो सवा २ बजेसम्मको मतगणना नतिजाअनुसार साम्पाङले ८१४० मत प्राप्त गरेका छन् भने गठबन्धन उम्मेदवार राईले ८१२६ मत प्राप्त गरेका छन्। एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६७१३ मत प्राप्त गरेकी छिन्। यसैगरी उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ। उनले ९१३६ मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार पदम इस्वोले ८८५१ मत प्राप्त गरेर बेघालाई पछ्याइरहेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments