Incident Reports

उदयपुरमा नातिले गरे हजुरआमाको हत्या

2022-05-26

Province 1, Udayapur, Katari, Ward 7

उदयपुर — उदयपुरको कटारी नगरपालिका–७ रिस्कूमा बिहीबार बिहान नातिले हजुरआमाको घाँटी रेटी हत्या गरेका छन् । स्थानीय २७ वर्षीय रोहित दनुवारले आफ्नी ७२ वर्षीया हजुरआमा मनमाया दनुवारको हत्या गरेका हुन् । घरजग्गा दर्ता गर्ने विषयमा कुरा नमिलेपछि रोहितले हजुरआमा मनमायाको खुकुरीले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । हजुराआमाको हत्या गर्ने रोहत भने फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमिक्त सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले बताए । काठमाडौंमा म:म पसल सञ्चालन गरेर बस्दै आएका रोहित केही दिन पहिले रिस्कु आएका थिए । हत्या गरिएकी मनमाया एकल महिला हुन् । उनी एक्लै बस्दै आएकी थिइन् । रोहितले घरजग्गा आफ्नो नाममा दर्ता गरिदिने दबाब दिँदै आएको कटारी नगरपालिका– ७ नवनिर्वाचित वडाध्यक्ष सुविन ढुंगानाले बताए । घर जग्गा दर्ता गर्न अस्विकार गरेकै कारण उनीको हत्या गरेको वडाध्यक्षले शंका गरेका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली पुगिसकेको र फरार रोहितको खोजी भइरहेको प्रहरी नरीक्षक थापाले बताए । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments