2022-05-25
Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 12
खोटाङ – पूर्व सांसद टंक राईमाथि हातपात भएको छ । माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष राईमाथि बुधबार राति आफ्नै गाउँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा हातपात भएको हो । स्थानीय पूर्ण राईले मादक पदार्थ सेवन गरेको अवस्थामा राति साढे ९ बजे कठालो समाएर आक्रमण गरेको पूर्वसांसद राईले बताउनुभयो । खाना खाएर सुत्ने तरखर गरिरहेका बेला नजिकै हो–होल्ला भएपछि गएर सम्झाउन खोज्दा राईमाथि हात हालिएको हो । हातपात हुन थालेपछि छुट्ट्याउने क्रममा लछारपछार हुँदा पूर्णको टाउकोमा चोट लागेको छ । माओवादी नेता तथा कार्यकर्ताले भने निर्वाचन परिणामलाई लिएर पूर्वसांसदमाथि आक्रमण भएको दाबी गरेका छन् । आरोपित राईमाथि पालिकातहको चुनावमा विजय जुलुस निकालिरहेको अवस्थामा बोत्तल हानेको आरोप छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | None |
Primary Cause | Election-related incident |
Secondary Cause | Contestation regarding the outcome of election |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | CPN (Maoist Center) and affiliated org |
Actor 2 - Youth | noyouth |
Total Injured | 1 |