Incident Reports

वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

2022-05-27

Karnali, Salyan, Chhatreshwori, Ward 4

छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय, दमाचौरले जेठ १३ गते नै गिरफ्तार गरेको छ । रोजगारीका लागि भारत गएका वली भारतबाट घर फर्किने क्रममा आफ्नै घरमा बसीरहेकी वृद्धालाई मन्दिरमा प्रयोग हुने घण्टले एक्कासी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानका डीएसपी सुमित खड्काले जानकारी दिनु भएको छ । डीएसपी खड्काका अनुसार घटना भएको थाहा पाए लगतै प्रहरी घटनास्थल पुगेर आरोपितलाई गिरफ्तार गरेको हो । टाउको र पिठ्युमा चोट लागेर घाइते भएकी वृद्धाको सल्यानको श्रीनगरमा प्रारम्भिक उपचार गरिएको र जेठ १३ गते राति थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो । घाइतेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र आरोपित हाल हिरासतमा रहेका प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments

Related Reports