Incident Reports

हुलाकी सडकमा वन्यजन्तु पीडितको प्रदर्शन

2022-06-06

Lumbini, Bardiya, Madhuwan, Ward 2

बर्दिया — निरन्तर बाघको आक्रमणबाट मानिसको ज्यान जाने र घाइते हुन थालेपछि स्थानीय उपभोक्ता समूह आक्रोशित हुँदै सोमबार हुलाकी सडक अन्तर्गत ओराली बजारमा प्रदर्शन गरेका छन् । बर्दियाको मधुवन नगरपालिकास्थित खाता जैविकमार्गमा निरन्तर बाघको आक्रमण बढेपछि प्रदर्शन गर्दै स्थानीय । १३ दिनअघि खाता जैविकमार्गको मधुवन नगरपालिका–२ मा बाख्रा चराउन गएकी ४९ वर्षीया कौशिका पाललाई बाघको आक्रमणमा मृत्यु भएको थियो ।जनजागृति सामुदायिक वनमा बाघको आक्रमण भएको १३ दिनमै सोही ठाउँमा सोमबार बिहान खेत गएकी ४१ वर्षीया अस्मिता थारुलाई बाघले आक्रमण गरी गम्भिर घाइते बनायो । निरन्तर यस क्षेत्रमा बाघको आक्रमण बढेपछि मधुवन—२ चमेली गौडी सामुदायिक वनका अध्यक्ष कालीराम थारुको नेतृत्वमा चक्काजाम गरिएको छ । चक्काजाम भएपछि गुलरिया–राजापुर सडकखण्ड बन्द भएको छ । सरकारले वन्यजन्तु पीडितप्रति उदासिन भएको, वनका अधिकारी घटनास्थल नपुगेको भन्दै आक्रोशित हुँदै गाउँगाउँबाट मानिसहरु सडकमा टायर बाल्दै विरोध प्रदर्शन गरेका छन् । वन समूहका अध्यक्ष थारुले वन क्षेत्र तारवार गर्नु पर्ने, वनका अधिकारी नआएसम्म चक्काजाम जारी राख्ने बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Excessive Use of Force
Weapons Small arms , Fire
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Injured 20
Female Injured n/a
Youth Injured n/a
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
National/Online Media

0 Comments