Incident Reports

नागरिकता विधेयक राष्ट्रपतिले रोकेको विरोधमा नेविसंघको प्रदर्शन, प्रहरीसँग ढुंगा हानाहान 

2022-09-11

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र प्रहरीबीच त्रिचन्द्र कलेजमा ढुंगा हानाहान भएको छ।

संघीय संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपति विद्या भण्डारीले ढिलाइ गरेको भन्दै नेविसंघले आइतबार बिहान १० बजे विरोध प्रदर्शन गरेको हो।

विरोध प्रदर्शन क्रममा नेविसंघका नेता-कार्यकर्ताले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको हो।

प्रहरी र विद्यार्थीबीच केहीबेर ढुंगा हानाहान भएको छ।

नागरिकता विधेयक प्रमाणीकरण गर्न छोडेर शीलत निवासमा विभिन्न अमुख दलका व्यक्तिहरुसँग भेटघाट गरेको भन्दै नेविसंघले नाराबाजी समेत गरेको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Other
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments