Incident Reports

मिटरब्याजीविरुद्ध आन्दोलनमा उत्रिएकामाथि प्रहरीको लाठीचार्ज, एक दर्जन घाइते

2022-09-12

Bagmati, Kathmandu, Chandragiri, Ward 15

मिटरब्याजीविरुद्ध ४१ दिनदेखि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ। सोमबार माइतीघर आउन लागेका उनीहरुलाई प्रहरीले लाठी चार्ज गरेको हो।  बसेको स्थान चन्द्रागिरी- १५ तीनथानाबाट निस्किन नदिएपछि प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको लाठीचार्जबाट एक दर्जन प्रदर्शनकारी घाइते भएका छन्। उनीहरुको शरिरका विभिन्न भागमा चोट लागेको छ। प्रहरीले माइतीघर आउन नदिएपछि पीडितहरु सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्। प्रहरीले उनीहरुलाई नियन्त्रणमा समेत लिएको छ। मिटरब्याजीलाई हदैसम्मको कारबाही हुनुपर्ने र आफूलाई सरकारले न्याय दिलाउनुपर्ने पीडितको माग छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Excessive Use of Force
Weapons Blunt weapon
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 12
National/Online Media

0 Comments