Incident Reports

इटहरीमा हत्या विरोधमा प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्नेमाथि लाठी चार्ज | Nagarik News - Nepal Republic Media

2022-10-09

Province 1, Sunsari, Itahari

घरायसी विवादले शनिबार साँझ इटहरीमा ज्वाइंले जेठानको हत्या गरेको विरोधमा प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्नेमाथि लाठी चार्ज गरिएको छ।

इटहरीको व्यस्त बजार वडा नं. ६ को नेशनल गल्ली अगाडि इटहरी वडा नं. ५ का राम भूजेलले सोही ठाउँका भुने चौधरीमाथि खुकुरी प्रहार गर्दा मृत्यु भएको विरोधमा आइतबार १० बजेदेखि इलाका प्रहरी कार्यालय इटहरीमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा मृतकका आफन्तले सिटी सफारीसँगै सवारी साधनमाथि ढुंगामुढा गर्न थालेपछि लाठी चार्ज गरिएको प्रहरीले बताएको छ। सवारी साधनमाथि ढुंगामुढा गर्नेमध्येका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी खगेन्द्रबहादुर खड्काले बताए।

प्रहरीले लाठी चार्ज गरेर भीड तितरवितर पारेपछि १२ बजेदेखि भने यातायात सुचारु भएको छ। मृतकका आफन्त भने प्रहरी कार्यालय अगाडि नै बसेका छन् । 

प्रहरीले नियन्त्रणमा लिएका तीन जनालाई छाडे घर फर्कने बताएका छन्। भूजेलले शनिबार साँझ सिटी सफारी चालक चौधरीको बायाँ हात काटेका थिए। चौधरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा राति ८ बजे मृत्यु भएको थियो।

राम र भुने ज्वाइं–जेठान हुन्। उनीहरुबीचमा केही महिनादेखि विवाद हुँदै आएको थियो। विवाद स्थानीय गाउँ समाजका अगुवा बसेर पनि मिलाएका थिए। तर, विवाद शुरु भएदेखि नै नातामा ज्वाइं पर्ने रामले भुनेलाई जसरी पनि ठीक पार्ने भनेर निसाना बनाउँदै आएका थिए।

प्रहरीले घटनामा संलग्न भूजेल र उनलाई सहयोग गर्ने इटहरी वडा नं. ६ का वेदप्रकाश मण्डललाई पक्राउ गरि अनुसन्धान थालेको छ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violence against civilians
Weapons Blunt weapon
Primary Cause Extra-judicial response to crime
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments