2022-10-21
कात्तिक महिनाबाट लागू हुनेगरी बैंकहरुले ब्याजदर बढाएको विरोधमा बर्दियाका उद्योगी तथा व्यवसायी विरोध प्रदर्शनमा उत्रिएका छन् । उद्योग वाणिज्य संघ जिल्ला समन्वय समिति बर्दियाले बिहीबार गुलरियामा प्रदर्शन गरेको छ । जिल्लाका आठवटै पालिकाबाट आएका उद्योग वाणिज्य संघका प्रतिनिधि र व्यवसायी प्रदर्शनमा सहभागी थिए । प्रदर्शनपछि उनीहरुले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला मार्फत् नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा कर्जाको महँगो ब्याजदरले आफूहरु मर्कामा परेको र यसले बजारमा महँगी समेत बढ्न गई सर्वसाधारणलाई समेत मूल्यवृद्धिको ठूलो असर पर्ने चेतावनी दिइएको छ ।
‘ब्याजदर वृद्धि तथा कर्जा प्रवाह सम्बन्धी राष्ट्र बैंकले लिएको नीतिले थप उद्योगी तथा व्यवसायी पालयन हुने निश्चित देखिन्छ’ ज्ञापनपत्रमा भनिएको छ । उद्योग वाणिज्य संघ जिल्ला समन्वय समितिले सम्पूर्ण वित्तीय संस्थाहरुलाई यसबारे ध्यानाकर्षण गराएको पनि उल्लेख गरिएको छ । उद्योग वाणिज्य संघ जिल्ला समन्य समितिले ६ सुत्रीय माग राखेको छ । राष्ट्र बैंकको चालु पुँजी कर्जा सम्बन्धी व्यवस्थामा गरेको कारोबार रकमको २० र २५ प्रतिशत मात्रै कर्जा प्रवाहलाई संशोधन गरिनुपर्ने उनीहरुको माग छ । बैंकले एकलौटी रुपमा गरेको ब्याजदर वृद्धि खारेजको माग गरिएको छ । उत्पादनमूलक, कृषिजन्य तथा प्रशोधित उद्योगहरुलाई अनुदान कर्जा निरन्तरता दिइनुपर्ने संघको माग छ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Access/control of economic markets (syndicates, market relocation) |
Actor 1 - Number of people | N/A |
Actor 1 - Affiliations | Chamber of Commerce and entrepreneur's associations |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | N/A |
Actor 2 - Affiliation (Target) | Other state institutions |
Actor 2 - Youth | unknown |