Incident Reports

थाहा खबर: थाहाकर्मी बूढामगरलाई ज्यानमार्ने धम्की

2022-11-04

Gandaki, Baglung, Baglung

म्याग्दी : थाहा खबरका बागलुङ समाचारदाता एवं नेपाल प्रेस युनियन बाग्लुङका सदस्य डम्मर बूढामगरलाई एक अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन्।

स्पोर्ट नेपाल नामको फेसबुक आइडीबाट पत्रकार बूढामगरलाई अश्लिल गाली गलौजसहित ज्यान मार्ने धम्की आएको बूढामगरले जानकारी दिए।

गत शुक्रवार राति म्यासेन्जरमा अश्लिल गालीसहित ज्यान मार्ने धम्की आएपछि पत्रकार बूढामगरले प्रहरीमा उजुरी गर्नुका साथै साइबर व्युरोमा समेत उजुरी दिएको जानकारी दिए।

व्यक्तिगत रुपमा आफ्नो शत्रु नभएका र धम्कीमा समाचारको विषय पनि नखुलाइएकोले कुन प्रयोजनका लागि धम्की आएको हो भन्नेकुरा खुल्न नसकेको उनले बताए।

बगलुङको निसिखोला गाउँपालिका वडा नं ४ स्थायी घर भएका बूढामगर विगत ५ वर्षदेखि बागलुङ बजारमा बसेर पत्रकारिता गरिरहेका छन्।

आफूले लेखेका समाचारहरु विशेषगरी विकास निर्माण र खोजमूलक हुनेभएकोले समाचारको विषयमा कसैले पनि आपत्ति गर्नु पर्ने ठाउँ नरहेको हुँदा समाचारको विषयमा नभइ अन्य कुनै प्रयोजनका लागि धम्की दिइएको हुनसक्ने पत्रकार बूढामगरले बताए।

जिल्लामा रहेर निश्पक्षरुपमा पत्रकारिता गर्दा ज्यानै लिनेसम्मका धम्की आएपछि असुरक्षित महशुस भएको पत्रकार बूढामगरको भनाइ छ।

सम्वन्धित निकायले धम्कीदिने व्यक्तिको खोजी गरी कारबाही गर्न उनले माग गरेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments