Incident Reports

कांग्रेस कार्यकर्तामाथि कुटपिट

2022-11-15

Gandaki, Lamjung, Madhya Nepal, Ward 1

मध्यनेपाल नगरपालिका वडा नम्बर १ जितामा कांग्रेस कार्यकर्तामाथि कुटपिट भएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धन बलियो रहेकाले कमजोर मानसिकताका साथ नेकपा (एमाले) बाट निर्वाचित वडाअध्यक्ष सुदिप थापाको निर्देशनमा आफ्ना कार्यकर्ता कुटिएको कांग्रेसको आरोप छ । कांग्रेस वडा कार्यसमितिका सचिव मिलन थापा र कांग्रेस नेता भरत थापामाथि कुटपिट भएको बताइएको छ । कुटपिटमा संलग्न व्यक्ति फरार रहेकाले खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । वडाअध्यक्ष थापासहितका केही व्यक्तिलाई भने इलाका प्रहरी कार्यालय भोर्लेटारको टोलीले पक्राउ गरेको छ । उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय बेशीशहर लगिएको छ । कुटपिटमा घाइते मिलन र भरतलाई भने उपचारका लागि पोखरा लगिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments