Incident Reports

कार्यकर्ता कुटिएको विरोधमा धनकुटामा युवा संघको प्रदर्शन

2022-11-27

Province 1, Dhankuta, Dhankuta, Ward 6

विजय ऱ्यालीबाट फर्कँदै गरेका युवकमाथि सांघातिक आक्रमण भएको भन्दै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आइतबार धनकुटामा विरोध प्रदर्शन गरेको छ ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा विजयी भएपछि सदरमुकाममा आयोजित ऱ्यालीबाट फर्कँदै गरेका धनकुटा नगरपालिका–६ पाङसिङका ३० वर्षीय राजन कार्कीमाथि सल्लेरी वनस्थित आँखा अस्पताल नजिकै कुटपिट भएको थियो ।

कुटपिटबाट कार्कीको देब्रे आँखामाथि गम्भीर चोट लागेको छ । शरीरका अन्य भागमा पनि निलडाम छ । घाइतेको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको छ । जुलुसबाट फर्किने क्रममा धनकुटा ६ का पूर्व वडाध्यक्ष समेत रहेका कांग्रेस नगर सभापति नरेश श्रेष्ठको समूहले आफूलाई कुटपिट गरेको घाइते कार्कीले आरोप लगाएका छन् ।

‘जुलुसबाट फर्किने क्रममा पहिलेका वडाध्यक्ष नरेश श्रेष्ठसहित ४/५ जनाले ममाथि अकस्मात आक्रमण गरे,’ कार्कीले भने, ‘सँगै भएको साथी भागेर जोगियो, मलाई समातेर आक्रमण गर्दा बेहोस भएपछि छोडेछन् ।’ राजनसँगै रहेका तिलक कार्कीले समेत श्रेष्ठसहितको समूहले कुटपिट गरेको र आफू भागेर ज्यान जोगाएको बताए । एमाले समर्थक रहेको कारण आक्रमण भएको उनीहरूको भनाइ छ ।

घटनाका पक्ष र विपक्षको रुपमा एमाले र कांग्रेस दुवैले विज्ञप्ति जारी गरेका छन् । कांग्रेसले आफ्ना कार्यकर्ता उक्त घटनामा संलग्न नरहेको र फसाउन खोजिएको भन्दै विज्ञप्ति जारी गरेको छ । यस्तै, एमालेले पनि घटनाका दोषीलाई कारबाही गर्नुपर्ने माग अघि सारेको छ । घटनाको विरोधमा एमाले निकट युवा संगठनले सोमबार प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिएका छन् ।

कुटपिटका आरोपित श्रेष्ठविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षले बताए । घटनाबारे जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले घटनाबारे गहिरिएर अनुसन्धान गरिने बताए । उपचारबाट घाइते फर्किएपछि थप कुरा बुझेपछि प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

कुटपिटको आरोप लागेका श्रेष्ठले भने आफूमाथि निराधार आरोप लगाएर फसाउन खोजिएको दाबी गरे । घटना भएको भनिएको समयमा आफू त्यस स्थानमा नरहेकोले कुटपिटमा आफ्नो कुनै संलग्नता नरहेको उनको भनाइ छ । उनले भने, ‘यो आरोपमा कुनै सत्यता छैन, कुटपिटमा मेरो कुनै संलग्नता छैन, मलाई फसाउन खोजिँदैछ ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
Election-related cause primary
National/Online Media

0 Comments