Incident Reports

महासंघद्वारा पत्रकारमाथि भएका दुर्व्यवहारप्रति विरोध

2022-12-11

Bagmati, Chitawan, Bharatpur

पत्रकार महासङ्घ चितवन शाखाका कोषाध्यक्ष राजेन्द्र आचार्यलाई मङ्सिर २५ गते आइतबार नै नारायणगढको क्याम्पाचौरमा भएको साङ्गीतिक कार्यक्रमको समाचार सङ्कलनका क्रममा कार्यक्रमको जिम्मा लिएको गढी सेक्युरिटीका सुरक्षाकर्मीबाट हातपात भएको शाखाले जनाएको छ । नागरिकलाई सुसूचित गराउने संवैधानिक दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि भएको दुर्व्यवहार, हातपात र धम्कीका घटना प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको महासङ्घको भनाइ छ । 

“महासङ्घ प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ, घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरा ल्याउन र पत्रकारलाई निर्बाध र निर्भीक रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Freedom of Expression
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments