Incident Reports

छात्रहरूमाथि भएको अपमानजनक व्यवहार नदोर्‍याउने प्रतिवद्धता

2023-01-02

Bagmati, Makawanpur, Bhimphedi, Ward 6

भीमफेदी गाउँपालिका–६ स्थित महेन्द्र माध्यमिक विद्यालयका छात्रहरूमाथि ०७९ पुस १८ गते अपमानजनक व्यवहार भएको छ । ८ कक्षामा अध्ययनरत् करिब १४ वर्षका छात्रमाथि कक्षा ९ र १० मा अध्ययनरत् तीन जना छात्रहरूले कुटपिट गरेर घाइते बनाएपछि विद्यालय प्रशासन इलाका प्रहरी कार्यालय भीमफेदीमा पुगेको थियो । विद्यार्थीबीच भएको झगडालाई समाधान गर्ने र झगडा गर्ने विद्यार्थीलाई सजाय दिने बहानामा विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का २८ जना छात्रहरूको कपाल काटिदिएर विद्यालय तथा प्रहरी प्रशासनले उनिहरूमाथि अपमानजनक व्यवहार गरेको हो । विद्यार्थी–विद्यार्थीबीच दैनिक झैझगडा गर्ने र कक्षा कोठामा समेत अनावश्यक रूपमा होहल्ला गर्ने छात्र विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक, शिक्षक र वडा कार्यालयका जनप्रतिनिधिहरूको रोहबरमा पुस १८ गते इलाका प्रहरी कार्यालय भीमफेदीले सजाय दिएको हो ।

 भविष्यको खोजीमा अध्ययन गरिरहेका छात्र विद्यार्थीहरूको आचरण नराम्रो भएको विद्यालयको गुनासो प्रति इलाका प्रहरी कार्यालय भीमफेदीले ८, ९ र १० कक्षामा पढ्ने करिब २८ जना छात्रलाई सम्झाउने र कपाल काटेर पठाएको इप्रका भीमफेदीका इञ्चार्ज इन्स्पेक्टर प्रतिमा कार्कीले बताउनुभयो । कुटपिटबाट उक्त बालकको कानमा चोट लागेको र हेटौँडा अस्पतालमा उपचारपछि घरमा आराम गरिरहेको विद्यालयका प्रधानाध्यापक सनतकुमार घिसिङले बताउनुभयो । विद्यार्थीहरूको सामुहिक कपाल काटिदिएर विद्यालय तथा प्रहरी प्रशासनले अपमानजनक व्यवहार गरेको भनी विद्यार्थी तथा अभिभावकको गुनासोपछि राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडा, सिविन बाल हेल्पलाईन मकवानपुर र इन्सेक जिल्ला प्रतिनिधिले पुस १९ गते स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा पीडित बालकहरूले घटनामा संलग्न नभए तापनि प्रहरी तथा विद्यालय प्रशासनले जबरजस्ती इलाका प्रहरी कार्यालयमा लगि कपाल काटिदिएको गुनासो गरेका छन् ।

अनुगमन टोलिले विद्यार्थीहरूसँगको छलफल र विद्यालय प्रशासन तथा प्रहरीसँग छुट्टाछुट्टै छलफल गरी कुनै पनि बहानामा विद्यार्थीहरूमाथि कुनै प्रकारको हिंसा तथा अपमानजनक व्यवहार हुन नदिन सचेत गराएको छ । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडाका अधिकृत रेवा रेग्मीले विद्यालयमा भएको घटनालाई प्रहरीसम्म पुर्‍याउने र विद्यार्थीलाई प्रहरी कार्यालयमा लानुनै गलत भएको बताउनुभयो । यस्तै सिविन बालहेल्पलाईन १०९८ का संयोजक झविन्द्र ज्ञवालीले उक्त घटनाले बालकहरूको मस्तिष्कमा आघात पुग्ने भन्दै बाल मनोविज्ञानमा असर पार्ने कुनै गतिविधि नगर्न आग्रह गर्नुभयो । घटनापछि सिर्जित वातावरणलाई समाधान गर्न पुस १९ गते विद्यार्थी, अभिभावक, शिक्षक, प्रहरी र, विद्यालय व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले विद्यार्थी, शिक्षकको आचरण, विद्यालयको आचारसंहिता र नियमको पूर्ण पालना गर्ने र आगामी दिनहरूमा विद्यार्थीहरूमा कुनै किसिमको अपमानजनक व्यवहार नदोहोरिने प्रतिवद्धता जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 31
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
INSEC

0 Comments