Incident Reports

पत्रकारको चरित्र हत्या गर्ने डडेल्धुराका युवक पक्राउ

2023-01-31

Sudurpashchim, Dadeldhura, Amargadhi, Ward 1

पत्रकारको चरित्र हत्या गरेको अभियोगमा डडेल्धुराका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मालमका सुरत चमोलीलाई प्रहरीले पक्राउ गरेको हो। उनले सामाजिक सञ्जालमार्फत पत्रकारको चरित्र हत्या गरेको आरोप लागेको छ। उनले लामोसमयदेखि जथाभावी सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै आएका आरोप लागेको छ। पत्रकार महासंघ डडेल्धुराको निवेदनका आधारमा नलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरिक्षक उमाकान्त जोशीले बताए। जोशीका अनुसार युवक प्रहरीको हिरासतमा छन्। बुधवार पत्रकार महासंघ, डडेल्धुरा र चमोली तथा उनका पक्षहरु बिचमा छलफल हुने छ।

पत्रकारको आत्मसम्मानमा ठेस पुग्ने र मानहानी हुने किसिमले उनले पटक–पटक स्टाटस लेख्ने गरेका छन्। जिल्लाका पत्रकारलाई असुरक्षित बनाउने कार्य निरन्तर गर्दै आएकाले उनलाई कानूनी कारबाहीको मागसहित महासंघले जिल्ला प्रहरीमा निवेदन दिएको थियो। तमोलीले यसअघि पनि पटक–पटक जिल्लामा कार्यरत पत्रकारको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा स्टाटस हाल्दै आएका आरोप छ। सम्झाउँदा पनि नटेरेपछि बाध्य भएर निवेदन दिएको पत्रकार महासंघ डडेल्धुराले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Freedom of Expression
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments