Incident Reports

अपरिचित व्यक्तिद्वारा पत्रकारमाथि कुटपिट

2023-02-22

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 5

एनटिभीमा कार्यरत सञ्चारकर्मी तथा पत्रकार महासङ्घ, कञ्चनपुरका साधारण सदस्य पदमराज बोहरालाई फागुन ८ गते बेलुका अपरिचित व्यक्तिले कुटपिट गरी घाइते बनाएका छन् ।

भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नम्बर १ स्थित घर नजिकै बसिरहेको अवस्थामा मास्क लगाएर आएका युवाहरुको समुहले ढुङ्गा तथा बोतलहरु प्रहार गरी कुटपिट गरेको पीडित पत्रकार बोहराले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

अपरिचितको कुटपिटबाट घाइते हुनु भएका पत्रकार बोहराको टाउँको, मुख तथा शरीरका विभिन्न भागमा चोट लागेको र टाउँकोमा गहिरो घाउँ भएकोले महाकाली अस्पतालले सिटी स्क्यानका लागि माघ १० गते धनगढी रिफर गरेकाे छ ।

पत्रकार महासंघले फागुन १० गते र नेपाल प्रेस युनियन, कञ्चनपुरले फागुन ९ गते विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको छ । घटनामा संलग्न पक्षलाई गिरफ्तार गरी कार्वाही गर्न स्थानीय प्रशासनलाई विज्ञप्ति मार्फत आग्रह समेत गरिएको छ ।

पीडितले फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि घटनामा संलग्न व्यक्तिहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्स्पेक्टर भरत गिरीले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Total Injured 1
INSEC

0 Comments