Incident Reports

जातीय विभेद गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही माग

2023-03-06

Madhes, Siraha, Bhagawanpur

सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवकी आमाको १३औँ दिनको पुण्य थितिको अवसरमा आयोजना गरिएको किरिया भोजमा जातीय विभेद गरेको भन्दै राष्ट्रिय दलित नेटवर्कले आपत्ति जनाएको छ । यादवकी आमाको गत फागुन १० गते निधन भएको थियो । यादवले फागुन २२ गते आफ्नो आमाको १३औँ दिनको पुण्य तिथिको अवसरमा आयोजना गरिएको कार्यक्रममा दलित र गैरदलितको लागि अलग अलग साइनबोर्ड टाँसेर अलग लाइन बनाएर दलित समुदायमाथि गरिएको जातीय छुवाछूत तथा भेदभाव गरेको नेटवर्कले जनाएको हो । 

दलित नेताहरुका अनुसार नेकपा एमालेबाट निर्वाचित अध्यक्ष यादवको आमाको किरिया भोजमा नेकपा ९एमाले० सिरहाका समस्त नेताहरू आमन्त्रित थिए । र त्यही मौकामा सोही स्थानमा नेकपा ९एमाले० सिरहा जिल्ला कमिटीको बैठक समेत राखिएको थियो । भोज खाने र पार्टी बैठकमा नेकपा ९एमाले० का प्रदेश र प्रतिनीधिसभाका गरी आधा दर्जन बढी बहालवाला सांसद, आधा दर्जन बढी मेयरउपमेयरहरु र अन्य जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । नेकपा एमालेका पोलिटब्युरो सदस्य, मधेस प्रदेश सहइन्चार्ज तथा पूर्व कानुन तथा समाज कल्याणमन्त्री लीलानाथ श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

केन्द्रद्वारा विज्ञप्तिमा भनिएको छ, ‘करिया भोजमा पानी चल्ने भनिएका गैर दलितहरू एकापटी बस्ने र पानी नचल्ने दलितहरूलाई अर्कोपटी बसेर भोज खाने व्यवस्था गरिएको थियो । त्यसैगरी मुस्लिमहरूका लागि अलग स्थानमा बसेर भोज खाने प्रबन्ध गरिएको थियो । जातिअनुसार पानी चल्ने उच्च जातकाहरु र दलितहरू बस्ने स्थानमा साइनबोर्ड नै लगाइएको थियो । दलितहरूलाई भोजन बाँड्ने स्वयंसेवकहरू पनि अलग थिए भने गैरदलितहरुका लागि भोज पस्किनेहरू अलग थिए । भोजमा जातीय छुवाछूत गरिएकोमा प्रश्न उठाउने केही सचेत दलितहरूलाई स्वयंसेवकहरूले धपाएका थिए ।’

‘नेपालको संविधान तथा प्रचलित कानूनलाई ठाडो चुनौती दिने गरी जिम्मेवार पार्टी नेताहरू तथा सार्वजनिक पदधारण गरेका व्यक्तिहरू उपस्थित भएको स्थानमा जातीय छुवाछूतलाई संस्थागत रूपमा संरक्षण गर्ने गरी घटाइएको यस घट्नाको जति विरोध गरे पनि कम हुन्छ,’ महासचिव मोहन ओडले भनेका छन् । केन्द्रले घट्नाको तत्काल सत्थतथ्य छानबिन गरी घट्नामा संलग्न गाउँपालिका अध्यक्ष यादवलगायतलाई कारबाही गर्न जोडदार गरेको छ । घट्नाप्रति बेवास्ता गरिए सो घट्नाको प्रतिरोधबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सम्बन्धित निकाय नै हुने चेतावनीसमेत दिइएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments