Incident Reports

महोत्तरीका पत्रकार नवीन चौधरीमाथि सांघातिक आक्रमण

2023-03-08

Madhes, Mahottari, Jaleswor, Ward 5

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका कार्यसमिति सदस्य तथा एपिवान टेलिभिजनका संवाददाता नवीन चौधरीलाई अज्ञात समूहले सांघातिक आक्रमण गरी घाइते बनाएको छ।

महासंघ महोत्तरी शाखाका अनुसार फागुन २४ गते बुधबार महोत्तरीको जलेश्वर नगरपालिका–५ स्थित चौरिया गाउँमा मदिरा सेवन गरेका सो समूहले पत्रकार चौधरीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्नुका साथै सिसाको बोतलले टाउकोमा प्रहार गरेका थिए। आक्रमणबाट पत्रकार चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ।
नेपाल पत्रकार महासंघले सो घटनाको भर्त्सना गरेको छ।

‘कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो’ महासचिव रोसन पुरीले विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘महासंघ पत्रकारलाई असुरक्षित र त्रसिद बनाउने यो घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षित र निर्भयका साथ काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Freedom of Expression
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments