Incident Reports

स्ववियु चुनावको परिणामलाई लिएर वीरगञ्ज नर्सिङ क्याम्पसमा नेविसंघको तालाबन्दी

2023-03-20

Madhes, Parsa, Birgunj

६ चैत, वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको परिणामलाई लिएर विवाद भएको छ । आइतबार भएको स्ववियु चुनावबाट अध्यक्षमा मानिषा चौधरी र प्रत्यक्षतर्फ एक सदस्यबाहेक सबै अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् । नेविसंघबाट स्मृति थापा सदस्यमा निर्वाचित भएकी छन् । तर नेपाल विद्यार्थी संघले धाँधली भएको भन्दै क्याम्पस प्रमुख जमुना भट्टराईको राजीनामा माग गरेको छ र क्याम्पस प्रमुख र क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ । नेविसंघले उम्मेदवारी मनोनयनको समयदेखि नै क्याम्पस प्रमुखको भूमिका शंकास्पद रहेको आरोप लगाएको छ । अनेरास्ववियुका उम्मेदवारले समय सकिएपछि मनोनयन दर्ता गराएको, राति होस्टलमा विद्यार्थी भेटेर अनेरास्ववियुलाई मत दिन आग्रह गरेको नेविसंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

क्याम्पस प्रमुख भट्टराईले भने आफूले विद्यार्थीसँग अनेरास्ववियुका लागि भोट नमागेको दाबी गरेकी छन् । स्ववियु निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको र चुनावको अघिल्लो दिन शान्ति सुरक्षाको अवस्था बुझ्न होस्टल राउण्ड गरेको उनको भनाइ छ । ‘विद्यार्थीलाई बाहिरबाट दबाव आइरहेको छ, टिचर्सले माक्र्स काट्ने धम्की दिएका छन् भनेर बारम्बार सूचना आइरहेको थियो’, उनले भनिन् ‘शान्ति सुरक्षाको अवस्था बुझ्न चुनावको अघिल्लो दिन राति होष्टल राउण्ड गरेको हुँ । त्यो पनि एक्लै गएको हैन होस्टल वार्डेन, हाउस किपरलाई समेत साथमा लगेको थिएँ ।’ उनले अगाडि भनिन्, ‘मैले कसैसँग पनि भोट मागेको छैन, अनुसन्धान गर्दा हुन्छ ।’

अनेरास्ववियु क्याम्पस एकाई कमिटी अध्यक्ष मालती बस्नेतले लोकतान्त्रिक पद्धतिअनुसार सम्पन्न भएको निर्वाचनको नतिजा प्रकाशित भएपछि तालाबन्दी गरी नेविसंघले शैक्षिक वातावरण विगार्न खोजेको आरोप लगाएकी छन् । ‘लोकतान्त्रिक विधि अनुसार भएको निर्वाचनमा हारजित स्वभाविक हो, त्यसलाई स्वीकार गर्नु लोकतन्त्रको मूल मर्म र धर्म हो । निर्वाचनको परिणाम सार्वजनिक भएपछि तालाबन्दी गर्नु कुनै पनि हिसाबले जायज होइन, चुनाव एउटा पक्ष हो, अध्ययन अध्यापन क्याम्पसको मूल धर्म हो’ विज्ञप्तिमा भनिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments