Incident Reports

रोयल्टी छलीविरुद्धको आन्दोलनमा वडाअध्यक्षको हस्तक्षेप

2023-04-17

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 11

महाकाली नदीबाट निकालिने बालुवा गिट्टीको रोयल्टी कर छली भइरहेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेलका स्थानीय आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले सडकमा चक्काजाम गरेका थिए । भीमदत्त नगरपालिका र स्थानीय प्रशासनले घटनाको छानबिन नगरेको भन्दै स्थानीयले आन्दोलन थालेका हुन् । उक्त आन्दोलनमा वडा नम्बर ११ का वडाअध्यक्षले हस्तक्षेप गरेका छन् । वडाअध्यक्ष प्रकाश थापाले आन्दोलनकारीमाथि हातपात गरेका हुन् । हातपात गर्नुका साथै आन्दोलन नगर्न चेतावनी नै दिएको स्थानीयको भनाई छ । स्थानीय शुभाष सिंह धामीले स्थानीय प्रशासनलाई मागपत्र बुझाएकोमा माग सुनुवाइ नभएपछि आन्दोलन थालिएको बताए ।

उक्त आन्दोलनमा वडाअध्यक्ष नै आएर हस्तक्षेप गरेको उनको भनाई छ । ‘वडाभित्र भएको अनियमिततामाथि छानबिन गर्नुका साटो वडाअध्यक्ष नै आएर धम्क्याउने काम भयो । रोयल्टी छलीमा वडाअध्यक्षकै संलग्नता हुन सक्ने देखियो,’ उनले भने । केही दिन अगाडि महाकाली नदी क्षेत्रमा नगरपालिकाको छाप नलगाएका ठेलीको पर्चा फेला परेका थिए । त्यसका विरुद्धमा स्थानीयले भीमदत्त नगरपालिकाकी उपमेयरलाई ज्ञापनपत्र बुझाएका थिए । उनले अनुगमन समेत गरेकी थिइन् । तर, त्यस विषयमा कुनै छानबिनका लागि तदारूकता नदेखाएको स्थानीयहरूको आरोप छ ।

त्यसपछि उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । ३० चैतमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उक्त विषयमा छानबिन गर्नुपर्ने, रोयल्टी काट्ने स्थानमा सीसीटीभी जडान गर्नुपर्ने लगायतका माग अघि सारेका थिए । प्रमुख जिल्ला अधिकारीको तर्फबाट पनि समस्या समाधानका लागि कुनै पहल नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको धामीको भनाई छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments