Incident Reports

दलित युवकमाथि तातोमाड छ्यापी घाइते बनाउने पूजारी गिरफ्तार

2023-05-12

Madhes, Bara, Simraungadh, Ward 3

सिम्रोनगढ नगरपालिका–२ अमृतगञ्जका २२ वर्षीय अनमोल पासवानमाथि वैशाख २९ गते तातोमाड छ्यापी घाइते बनाएको आरोपमा सोही वडामा रहेको रानीवास रामजानकी मन्दिरका निमित्त महन्थ पूजारी ५० वर्षीय अनरुद्ध पाण्डेलाई इलाका प्रहरी कार्यालय सिम्रोनगढले सोही दिन गिरफ्तार गरेको छ । पीडितका पिता ४८ वर्षीय परशुराम हजराले पूजारीले तातोमाड शरीरमा फ्याकेर घाइते बनाएको आरोपमा वैशाख २९ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिनुभएको हो ।

वैशाख २९ गते मन्दिर घुम्न जाँदा महन्थले खाना पकाइरहेको भान्सामा प्रवेश गरेकोले दलित समुदायको सदस्य भएर भान्सामा किन प्रवेश गरेको भनि गाली गरी भात पाकिरहेको भाडाबाट माड झिकेर आफ्नो शरीरमा छ्यापेको पीडितले बताउनु भयो । घाइतेको उपचार वैशाख २९ गते देखि राज्य लक्षमी अस्पताल कलैयामा भइरहेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिम्रोनगढका इन्स्पेक्टर देवराज काफ्लेले बताउनु भयो ।

भोलानाथ पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments