Incident Reports

काँडेतारको सेन्सरसीपलाई लिएर विराटनगरमा विरोध प्रदर्शन

2023-05-16

Province 1, Morang, Biratnagar

विराटनगर – नेपाली चलचित्र काँडेतारको सेन्सरसीपलाई लिएर विराटनगरमा विरोध प्रदर्शन भएको छ। कलाकार तथा निर्देशक नवल खड्काद्वारा निर्देशित देशभक्त चलचित्र काँडेतारको विरोधमा शुक्रबार प्रदर्शन भएको हो। देशभक्ती भाव र विषयवस्तुमा निर्माण भएको सो चलचित्रको विरोधमा सरकारनै उत्रिएको कलाकार केशव रायमाझीले आरोप  लगाएका छन्।

सोमबार विराटनगरको ट्राफिक चौकमा आयोजित विरोध कार्यक्रममा कलाकार रायमाझीले काँडेतार मुलुकको स्वाधिनता, सार्वभौम, र सीमाको विषयमा केन्द्रित रहेको बताएका थिए। विराटनगरका रंगकर्मी रायमाझी काँडेतारका कलाकार हुन्। देशभक्त चलचित्र निर्माण गर्दा सेन्सरको अंकुश लगाइएको रायमाझीको भनाइ छ। प्रर्दशनका क्रममा भेला भएका कलाकारहरूले चलचित्रका केही संवाद् र दृष्य हटाउन सेन्सर बोर्डले दम्भका साथ निर्देशन दिएको बताए।

देशभक्त चलचित्र भएको हुँदा कलाकारहरूले काँडेतारको संवाद र दृष्य नहटाई प्रदर्शन गर्न पाउनुपर्ने बताएका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Demonstration
Primary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments