Incident Reports

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

2023-05-23

Sudurpashchim, Bajura, Badimalika

बडिमालिका नगरपालिका–९ का प्रकाश विक र कञ्चनपूर जिल्ला निवासी पार्वती सुनार विवाह गर्न मन्दीरमा जाँदा दलित समुदायको भनेर मन्दिरमा ताला लगाई जातीय विभेद गरेको आरोपमा बडिमालिका नगरपालिका–८ स्थित बडिमालिका मन्दिरका पुजारी देवराज पाध्याय विरुद्ध पीडित पक्षले जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रविन्द्र कठायतले बेहुलाका दाजु गोरख विकले आफूहरुमाथि जातीय छुवाछुत, अमानवीय व्यवहार तथा सार्वजनिक स्थलमा जान रोक लगाइएको भन्दै जेठ ८ गते साँझ मन्दिरका पुजारी विरुद्ध निवेदन दिनु भएकोले जेठ ९ गते पीडित पक्षको निवेदन दर्ता गरी अनुसन्धान सुरु गरिएको बताउनु भयो ।

उहाँले मन्दिरका पुजारी जेठ ८ गतेदेखि मन्दिरमा ताला लगाएर सम्पर्कमा नरहेको सूचना प्राप्त भएकोले आरोपित पुजारीको खोजी कार्य जारीरहेको बताउनु भयो । बडिमालिका नगरपालिका–८ स्थित बडिमालिका मन्दिरका पुजारी पाध्यायलाई जेठ ७ गते नै मन्दिरमा विवाह गर्न आइरहेको जानकारी गराइएको र जेठ ८ गते विवाह कार्यक्रम गर्न मन्दिरमा जाँदा पुजारी पाध्यायले मन्दिरमा ताला गराएर सम्पर्क विहिर रहनु भएको दलित पत्रकार महासघ, बाजुराका अध्यक्ष मदन विकले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘पुजारी आउनु होला भनेर बिहानदेखि १० बजेसम्म मन्दिर बाहिर कुरेर बसौँ । फोन सम्पर्क गर्दा पुजारीसँग सम्पर्क नै भएन् । पुजारी नआएपछि मन्दिर बाहिर नै टिका लगाएर समान्य हिसावले वैवाहिक कार्यक्रम गरेर घर आउनु पर्यो ।’ प्रेममा परेपछि दुई महिना अगाडी भागेर आएका बडिमालिका नगरपालिका–९ का प्रकाश विक र कञ्चनपूर जिल्ला निवासी पार्वती सुनारको जोडीले जेठ ८ गते हिन्दु परम्परा अनुसार विधिवत रुपमा मन्दिरमा विवाह गर्ने कार्यक्रम तय गरेका थिए ।

मन्दिरमा हिन्दु परम्परा अनुसार विवाह गर्न आइरहेको आफूले पुजारीलाई जानकारी गराएको तर विवाहका लागि जाँदा पुजारीले मन्दिरमा ताला गराएर सम्पर्क विहिन रहनु भएको बेहुला प्रकाश विकले बताउनु भयो । उहाँले भन्नु भयो– ‘हामीलाई मन्दिर भित्रै पस्नु थिएन् । पुजारीले बडिमालिका देवीलाई चढाउने पुजाको समान मन्दिरमा चढाइ दिए भइहाल्थ्यो । पुजारी नआएपछि मन्दिरको झ्यालबाट बडिमालिका देविलाई प्रसाद चढाएर फर्कियौँ ।’

पुजारी देवराज पाध्यायले चलाउदै आउनु भएको ९८४८४५८९६९ नम्वरको मोवाइलमा सम्पर्क हुन सकिरहेको छैन् । बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्काले सामाजिक सञ्जालबाट मन्दिरका पुजारी फरार हुनु भएको जानकारी पाएपछि बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष सुर्यकिरण विकलाई फोन गरेर निवेदन दिन भनेको र जातीय विभेद गरेको देखिएमा कानुन अनुसार कार्वाही गरौँला भनेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष सुर्यकिरण विकले फोन गरेर मन्दिरमा जातीय विभेद गरिएको जानकारी गराउनु भएको बताउनु भयो । उहाँले पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइसक्नु भएकोले अनुसन्धान गर्दा मन्दिरका पुजारी दोषी देखिए कानुन अनुसार कार्वाही हुने बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments