Incident Reports

सर्वोच्चको आदेशविरुद्ध नागरिकताबिहीनको प्रदर्शन

2023-06-04

Province 1, Morang, Biratnagar

विराटनगर । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका विरुद्ध विराटनगरमा प्रदर्शन भएको छ । केही दिनअगाडि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेको नयाँ नागरिकतासम्बन्धी कानुन कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

उक्त ऐनमा जन्मसिद्ध नागरिकका सन्तान तथा आमाको नामबाट नागरिकता पाउने व्यवस्था छ । आजै उक्त नागरिकता वितरण सुरु भएको थियो । सर्वोच्चले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि विराटनगरमा त्यसविरूद्ध प्रदर्शन भएको हो।

नयाँ कानुनअनुसार झापामा आजदेखि नागरिकता वितरण सुरू भइसकेको थियो भने मोरङ र सुनसरी प्रशासनले नागरिकता वितरणका लागि तयारी गरिरहेको बताएका थिए। सर्वोच्चको आदेशले आफूहरू थप पीडित हुने अवस्था सिर्जना भएको भन्दै एक सय हाराहारीमा सडकमा ओर्लिएका युवाले आज साँझ विराटनगरमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।

सडकसमेत अवरोध गरेका उनीहरूले तत्कालै नागरिकता दिनुपर्ने माग गर्दै सर्वोच्चको आदेशले आफूहरू थप पीडित बन्ने बताएका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments