Incident Reports

दलित परिवारको घर भत्काएको आरोपमा तीन जना गिरफ्तार

2023-07-27

Sudurpashchim, Bajhang, Bithadchir

बित्थडचिर गाउँपालिका–७ स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले सोही ठाउँस्थित धामी गाउँका तीन जनालाई ०८० साउन ११ गते गिरफ्तार गरेको छ ।

जोशीबस्ती नजिक दलितले घर बनाउन पाइदैन भन्दै स्थानीय गैरदलितहरुको समूहले पुट्के ओखेडाको घर भत्काउनुका साथै मकैबाली काटेको उजुरी परेपछि बित्थडचिर गाउँपालिका–७ धामीगाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जोशीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी जागेश्वर भण्डारीले बताउनु भयो ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितहरुलाई गिरफ्तार गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको समेत डिएसपी भण्डारीको भनाइ छ ।

पीडित पुट्के ओखेडाले स्थानीय गैरदलितहरुको ३० / ३२ जनाको सङ्ख्यामा आएका व्यक्तिहरुले गैरदलितबस्ती नजिक दलितले घर बनाउन पाइदैन भन्दै जातीय रुपमा गालिगलौज गरी घर भत्काउनुका साथै खेतमा लगाएको अन्नबाली समेत काटेर लगेको बताउनु भयो ।

स्थानीयहरुको एक समूहले पीडित पुट्के ओखेडाको निर्माणाधिन घरमा साउन १० गते तोडफोड गरी भत्ताएका थिए । हाल पीडित परिवार न्यायका लागि जिल्ला सदरमुकाम चैनपुरमा रहेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
INSEC

0 Comments