Incident Reports

बोक्सी आरोपमा समाजसामु महिलालाई अर्धनग्न बनाएर कुटपिट

2023-08-23

Madhes, Mahottari, Manra Siswa

कथित बोक्सी आरोपमा आमाहरू कुटिन्छन्, सार्वजनिक बेइज्जती भोग्छन् । पीडकहरू पक्राउ पनि पर्छन्, तर उनीहरूले सजिलै उन्मुक्ति पाउँदा फेरि उस्तै घटना दोहोरिन्छन् । खासगरी मधेसमा यस्तो नियति व्याप्त छ । महोत्तरीमा फेरि छिमेकी महिलालाई केही पुरुषले बोक्सी आरोपमा अर्धनग्न बनाएर सार्वजनिक स्थलमै कुटपिट गरेका छन् ।प्रत्यक्षदर्शी छिमेकी रमिते बनेका छन् ।


मनरा–सिसवा नगरपालिका– १० मरुवाहीकी ५७ वर्षीया सतीदेवी चौधरीमाथि स्थानीय रामसिंहासन चौधरी, उनका छोराहरू रामविनय चौधरी र रामसिकल चौधरी तथा नाति साजन चौधरी र छिमेकी राजकुमार चौधरीले बेइज्जत र आक्रमण गरेका हुन् । घटना गत बुधबार (६ भदौ)को हो । पीडितका श्रीमान् भोला चौधरी साँझपख बाहिरबाट घर फर्किँदै थिए । बाटोमै रोकेर रामसिंहासनले ‘तेरो बोक्सी श्रीमती कहाँ छ ? मेरो नातिनीलाई बिरामी बनाउने ? तेरो श्रीमतीलाई मेरो नातिनी ठीक पार्न भन्’ भन्दै छोरा–नातिसमेत लगाएर कुटपिट गर्न थाले । त्यतिवेला श्रीमान्ले हारगुहार गरेपछि घटनास्थल पुगेकी सतीदेवीमाथि रामसिंहासनको परिवार नै खनियो । उनीहरूले आफ्नो चुल्ठो समातेर लछारपछार पारेको तथा पेटिकोटबाहेक सबै कपडा फुकालिदिएर समाजको अगाडि बेइज्जत गरेको सतीदेवीले बताइन् । त्यतिवेला सिंगो समाज नै रमिते बनेको उनको गुनासो छ ।

आफूमाथि भएको अत्याचारबारे सतीदेवीले बेलिविस्तार लगाइन्, ‘बुध के घर पवनी छल । हम नहा के कपरा पहिनते छली । साया आ सारी मात्रै लगइने छली । हमर लुल्हाके आवाज सुइनके सरक पर गेली त हमरा पकैरके मारेलागल आ हमर सारी खिच देलक । दमासा लेखेवाला बहुत लोक छल लेकिन केउ नई बचइलक । हमर पूरा शरीर पर सिर्फ साया बचल, हम जल्दवाजी मे सरक पर गिरल सारी उठाके देह झपली । हमर इज्जत और प्रतिष्ठा सब लेललक । आव अहिसबके सहारा हव । हमारा डाइन कहिके अश्लील गारी देलक, चप्पल से मारलक, हमर सारी खोइल देलक । आव हमरा पास कुछ नै बाँकी हई । अइ उमरमे हमर इज्जत सरक पर लुटा देलक पापी सब । (बुधबार घरमा कुलपूजा थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments