Incident Reports

समाचारको विषयलाई लिएर मार्ने धम्की

2015-01-11

Province 1, Morang, Biratnagar

विराटनगर उमनपाबाट प्रकाशित हुने न्यू सृष्टि दैनिकका प्रकाशक तथा प्रधान सम्पादक शंकर खरेललाई समाचारको विषयलाई लिएर पुस २७ गते विराटनगर उपहानगरपालिकाका प्रमुख तथा इन्जिनियरले मार्ने धम्की दिएका छन् । पत्रिकामा एशियाली विकास बैंकको अनुदान सहयोगमा विराटगरमा सञ्चालन गरिएको २ अर्ब ४३ करोडको परियोजनाको काम गुणस्तरीहीन भएको समाचारको विषयलाई लिएर नगरप्रमुख गोपालप्रसाद रेग्मी र इन्जिनियर भरत न्यौपानेले घर मै पुगी मार्ने धम्की दिएको पीडितले जानकारी दिए । पत्रकार खरेल असुरक्षित भएको भन्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग विराटनगर, नेपाल पत्रकार महासंघ मोरङ तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मा सुरक्षाको माग गर्दै निवेदन दिएका छन् । सुरक्षाको माग गर्दै प्रहरीमासमेत उजुरी आएकोले सुरक्षाको प्रत्याभूति दिलाउने काम भइरहेको डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । सुकदेब चौधरी
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
INSEC

0 Comments