Incident Reports

महोत्तरीमा फेरि 'सिनो' नफाल्ने आन्दोलन

2015-01-28

Madhes, Mahottari, Jaleswor

सुगा गाविसका चमार जातिका मधेसी दलित समुदायले सिनो नफाल्ने निर्णय गरेपछि उपल्लो जातका मानिसहरू त्यसविरुद्ध खनिएका छन् । दलितहरूको सो निर्णयपछि उपल्लो वर्गका मानिसले खेतीका लागि बटैया तथा मनखपमा दिइएको जग्गाहरु खोस्ने काम गरिरहेको स्थानीय अर्पण कर्ण बताए । सुगा गाउँमा चमार बाहेक बाहुन, भुइहार, जनजाति र अन्य दलित समुदायका गरी १६ जातजातिको बसोबास रहेको छ । सुगा-४ मा चमार समुदायको बस्ती रहेको छ । स्थानीयका अनुसार चमार बाहेक अन्य १६ जातजातिहरूले पराम्पराअनुसार चमार समुदायका व्यक्तिहरूले मरेको गाईवस्तु फाल्ने काम गर्दै आएको र अहिले उनीहरूले सो कार्य नगर्ने भएपछि सामाजिक वहिष्कार गरी आफ्नो जग्गामा भोगचलन गर्न चमारलाई नदिने निर्णय समेत गरिएको स्थानीय कृष्णा युवा क्लवमा सचिव समेत रहेका अर्पण कर्णले बताए । पीडित चमार समुदायका अगुवा रतन चमारले भने- 'अहिले हामीलाई पसलबाट सामान नदिने, बोलचाल नगर्ने तथा सामाजिक बहिष्कारमासमेत हुन थालेको छ ।' उनले भने घरमा शौचालय नभएको हुँदा हाम्रा चेलीबेटी तथा अरुहरूलाई बाहिर खेतको चौर तीर शौच गर्न जाँदा गालीगलौच गर्ने र बाटोघाटो हिँड्दा समेत केही उच्छृङ्खल व्यक्तिहरूले धमक्याउने, गालीगलौज गर्ने जस्ता भइरहेका छन् । ती दलित समुदाय मध्ये खेहरु महराको फुसको घर तथा घर नजिकै राखिएको परालको टालमासमेत फागुन २ गते राती आगजनी गरी जलाइएको छ । आगजनीबाट घर, लत्ताकपडा र पराल गरी करिब २५ हजार बराबरको क्षति भएको बताइएको छ । रतन चमारले दिएको जानकारी अनुसार स्थानीय उपल्लो जातिका व्यक्ति 'रघुबीर पाण्डे' को गाई माघ १४ गते मरेपछि फाल्न भन्दा हामीले अब देखि सिनो नफाल्ने चमार समुदायको निर्णय रहेको जनाए पछि आफूहरु माथि अन्य जातका व्यक्तिहरुले ज्यादती गर्न थालेका हुन् । रतनको अनुसार डेढ वर्षपहिले पनि यस्तै सिनो नफाल्ने भने पछि आफूहरुलाई सामाजिक वहिष्कार गरिएको थियो र पछि मानवअधिकारकर्मी, प्रशासनको सहयोगमा जबरजस्ती नगर्ने यदि कसैले स्वेच्छाले सिनो फाल्ने काम गर्छ भने मात्र गर्न लगाउने जस्ता निर्णय भएर सहमति भएको थियो । सुगा गाउँमा २० घरधुरी रहेको चमार जातिको जनसङ्ख्या १ सय २५ रहेको छ । सुगा गाविस सदरमुकाम जलेश्वरसँगै जोडिएको छ । यस सर्न्दर्भमा महोत्तरीका एसपी सौरभ राणाले भने- 'हामीले उपल्लो वर्गका व्यक्तिहरुलाई जबरजस्ती सिनो फाल्ने काम लगाउन नपाइने र यदि जबरजस्ती गरिएको खण्डमा कानुन अनुसार कारबाही गरिने भनि सकेका छौँ । यद्यपि फागुन २ गते राती एकजनाको घर तथा परालको टालमा लगाइएको थाह भएको छ ।' प्रहरीले आगजनीबारे अनुसन्धान गरिरहेको एसपी राणाले बताए । यता चमार समुदायका अगुवा रतन चमारले आफूहरु माथि ज्यादती भइरहेको सम्बन्धमा माघ १८ गते स्थानीय प्रहरी चौकीमा र आज फागुन ३ गते पनि निवेदन दिएको बताए । अजयकुमार साह
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Secondary Form Arson
Weapons Fire
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 125
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
INSEC

0 Comments