Incident Reports

छोराले दलित युवतीसँग विवाह गरेको भन्दै बृद्ध दम्पती बहिष्कारमा

2015-03-11

Gandaki, Gorkha, Bhimsen

छोराले दलित युवतीसँग विवाह गरेको भन्दै गोरखा आश्राङ गाविसको एक परिवार सामाजिक बहिष्कारमा परेको छ । आश्राङ गाविस वडा नम्वर २ झिंगटेका टंकबहादुर खड्काको परिवारलाई समाजले १२ वर्षदेखि सामाजिक गतिविधिबाट अलग गर्दै आएको छ । गाउँमा बस्नै नसकिने अवस्था आएको भन्दै खड्का परिवार जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न आएपछि वहिष्कारको घटना सार्वजनिक भएको हो । फागुन ३० गते हुने खड्काहरुको कुलायन पूजाका लागि मन्दिर सरसफाई गर्न जाँदा मन्दिरमा प्रवेश नदिएको र पूजामा सहभागी भए जे पनि हुन सक्ने चेतावनी दिएपछि न्याय माग्न प्रहरीमा आएको टंकबहादुरले बताउनुभयो । कुलायन पूजाका लागि मासिक रकम जम्मा गर्ने गरिएपनि आफूलाई गत वर्षको पुसदेखि नै रकम बचत गर्न पनि नदिएको उहाँको भनाई छ । टंकबहादुरले समाजिक वहिष्कार गर्नेलाई कानुनी कारवाही गरि ३० गते हुन लागेको कुलायन पूजामा सहभागी गराईदिन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्नुभएको छ । समाजिक वहिष्कार गर्नेमा आफ्नो सहोदर दाई यानबहादुर खड्कासहित कुलायन पूजाका मूल पुजारी रोलक बहादुर खड्का, पदमकुमारी खड्का, कृष्णबहादुर खड्का, डालकुमारी खड्कालगायत रहेको टंकबहादुरले उजुरीमा उल्लेख गर्नुभएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments