Incident Reports

दलित विद्यार्थी डेराबाट निष्कासित

2015-03-30

Bagmati, Kathmandu, Nagarjun

तल्लो जातको मान्छेलाई डेरा बस्न नदिने भन्दै एक दलित विद्यार्थीलाई राजधानीका एक घरबेटीले निकालेका छन्। आइतबार स्युचाटारकी घरबेटी तथा स्वास्थ्य स्वयंसेविका जमुना भट्टराईले डेरा सम्झौता गरिसकेका लमजुङका विद्यार्थी गणेश परियारलाई घरबाट निकालेकी हुन्। परियारले घरबेटीलाई अग्रिम भाडास्वरुप शनिबार २५ सय रुपैयाँ बुझाइसकेका थिए भने आइतबार दिउँसो नजिकैको कार्पेट पसलमा कार्पेट र पर्दा नापेर खरिद गरिसकेका थिए। ‘एक्कासि फोन गरेर बोलाएर बस्न नदिने भने,' पीडित परियारले भने। घरमा बोलाएर जात सोधेपछि आफूलाई डेराबाट निकालेको उनले बताए। घरबेटीले जातको कारण देखाउँदै निकाला गरेपछि परियारका सहपाठी साथी इशान चौलागाईंसहित घरबेटीसँग कुरा राख्न पुगेको चार जनाको समूहलाई पनि अभद्र व्यवहार गरेको पीडितले जनाए। ‘मैले सम्झाइबुझाइ गर्न खोज्दा उल्टै मलाई गलत्याए,' इशान चौलागाईंले भने। घटनालगत्तै पीडित पक्ष सोमबार महानगरीय प्रहरी वृत्त कालीमाटीमा उजुरी दिन पुगेको थियो। प्रहरीले उजुरी लिन नमानेको उनीहरुले बताए। ‘अर्को पक्षलाई बोलाएपछि मात्र उजुरी लिन्छु भन्नुभयो, कानुनअनुसार उजुरी लिनुपर्थ्यो,' उजुरी दिन पुगेका शान्तिका लागि साझा अभियानका महासचिव सहयोग विकले भने। वृत्तका डिएसपी राजेन्द्रप्रताप धमलाले पीडित पक्षले मौखिक सूचना दिएको र मंगलबार आरोपित पक्षलाई बोलाई छलफल गराउने बताए। घटनापछि आफु मर्माहित भएको पीडित परियारले बताएका छन्। राजधानी जस्तो ठाउँमा जातकै कारण भएको अभद्र व्यहारले तनाव पुगेको उनले बताए। ‘पढाइको तयारीको लागि कोठा जोहो गरेको थिएँ,मलाई परिक्षा तयारी गर्न मन पनि छैन'उनले सोमवार साँझ नागरिकसंग भने। दुई बर्षदेखि परिचित चौंलागाइँ र परियार दुवै जना एमविवीएस प्रवेश परिक्षा तयारीका बिद्यार्थी हुन्। दुवैको पैसा तिर्ने गरी नाम निस्किसकेको भएपनि पैसा अभावले छात्रवृत्तिकै सीट पाउन अर्को तयारीका लागि डेरा तयार गर्दै थिए। पयिारका सहपाठी साथी चौलागाइँले आफ्नै आँखा अगाडि स्वयंसेविका जस्तो घरवेटीले जातकै नाममा गरेको यस्तो व्यवहार माफीयोग्य नभएको बताए। ‘घरवेटी स्वास्थ्य स्वयंसेविका समाज रुपान्तरण गर्नु पर्ने मान्छे उल्टै पुरानो चलन मानेको देखेर अचम्म लाग्यो'उनले भने।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments