Incident Reports

Imagekhabar: CIAA caught transport officer red-handed receiving bribe

2015-07-26

An employee of the Transport Management Office has been arrested for taking the bribe from the service seeker. Mahakali Zonal Transport Management Office, Mahendranagar, officer Bhim Bhatta was caught red handed receiving 35,000 cash from the service seeker. लाइसेन्स बनाईदिने भन्दै सेवाग्रहीबाट घुस लिंदा लिंदै यातायातका कर्मचारी पक्राउ परेका छन् । महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका कार्यालय सहयोगी भीम भट्ट नगद सहित रंगेहात पक्राउ परेका हुन् । कार्यालय सहयोगी भट्टलाई आज बिहान ११ बजे यातायात व्यवस्था कार्यालयमै अख्तियार दुरुपयोग अनुसन्धान सुदूरपश्चिम क्षेत्रिय कार्यालय महेन्द्रनगरको एक टोलीले ३८ हजार नगद सहित पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान सुदूरपश्चिम क्षेत्रिय कार्यालय महेन्द्रनगरका क्षेत्रिय प्रमुख रविन्द्र शर्माले बिषेश सूचनाका आधारका सेवाग्रीबाट पैसा लिईरहेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

0 Comments