Incident Reports

Junior officer of survey office arrested with one lakh fifty thousand bribe

2015-08-06

A junior officer of Survey Office in Dhading has been arrested red-handed while receiving rupees one lakh and fifty thousand in bribe from a service seeker. The junior officer identified as Lekhnath Burlakoti was arrested by a team of CIAA. He was arrested from Daju-Bhai restaurant in the district headquarter Dhadingbesi based on a tip-off. The CIAA team recovered a bank voucher of rupees two lakh and thirty two thousand and a mobile phone from Burlakoti. नापी कार्यालय धादिङका एक नायव सुब्बा घुस लिँदा लिँदै बुधबार पक्राउ परेका छन् । काम मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिँदालिँदै नायब सुब्बा (नापी सर्भेक्षक) लेखनाथ बुर्लाकोटीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । सदरमुकाम धादिङबेसीस्थित दाजुभाइ रेष्टुरेन्ट एन्ड लजमा घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । विशेष सुराकीका आधारमा कर्मचारीबाट नासु बुर्लाकोटीबाट अख्तियारले सो रकम बरामद गरेको हो । बुर्लाकोटीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ । उनको साथबाट अख्तियारको टोलीले दुई लाख ३२ हजार रुपैयाँको बैँक भौचर र एकथान मोवाइल समेत बरामत गरेको छ । उनले जग्गा नापीको सिलसिलामा सो रकम लिएको खुलेको अख्तियारको टोलीले जानकारी दिएको छ ।

0 Comments