Incident Reports

Ward secretary in Budhanilkantha municipality arrested with bribe

2015-08-15

Shyam Adhikari who has been acting as the secretary of ward number 12, 13 and 14 in Budhanilkantha municipality has been arrested by the CIAA while he was receiving bribe from a service seeker. He had reportedly sought bribe to issue a recommendation letter to the land reform office regarding the Land of Babita Shah. Before being transferred to Budhanilkantha Adhikari was an assistant official at Kapan VDC office. While Adhikari was there the locals used to refer to the office as 'revenue' office because of extreme corruption involved there. बूढानीलकण्ठ नगरपालिका अन्तर्गत वडा नं. १२, १३ र १४ का संयूक्त सचिव श्याम अधिकारीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियारले पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का जग्गा धनी बबिता शाहको नाममा रहेको ४ रोपनी क्षेत्रफल जग्गामा मोहीहरू पोडेकान्छा श्रेष्ठ र भालु बीर बहादुर श्रेष्ठले जोत कमोत नगरेकोले लगत कट्टाको लागि भूमिसुधार कार्यालयमा सिफारिस गरिदिनका लागि वडा कार्यालयमा निवेदन दिएकोमा सचिव श्याम अधिकारीले नियमानुसार सिफारिस नदिई घुस रकम लिएको अवस्थामा अख्तियारले पक्राउ गरेको हो । कपन गाविसमा सहायक कर्मचारीको रुपमा जागिर खाएका श्याम अधिकारी बुढानीलकण्ठ नगरपालिका भएपछि संयूक्त सचिव भएका थिए । कपनमा काम गर्ने कर्मचारीलाई तत्कालिन कपन गाविस तथा हाल वडा नं. १२,१३ र १४ भंसार भनिने आरोप लाग्ने गरेको थियो । यदि श्याम अधिकारीले घुस लिएको ठहर भएमा कपन गाविसलाई कर्मचारीहरूले भंसार नै बनाएको देखिनेछ । पक्राउ गरेपछि हाल श्याम अधिकारीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ ।

0 Comments