Incident Reports

Ujyaalo: VDC Secretary arrested on charge of taking bribe

2015-08-22

A VDC Secretary of Arthardadakharka Parbat has been arrested under the accusation of taking a bribe from a service seeker for a recommendation letter for a citizenship certificate. CIAA has arrested Lal Prasad Lamichhane. Lamichhane is kept in the custody of District Police Office Kaski for further investigation. नागरिकताको सिफारिस गर्दा घुस लिएको आरोपमा पर्वतको आर्थर डाडाँखर्क गाउँ बिकास समितिका सचिब लालप्रसाद लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्रेको छ । गाविसकै सेवाग्राहीबाट नागरिकताको सिफारिस गर्दा घुस लिएको उजुरीका आधारमा सचिव लामिछानेलाई कुस्माबजारमा अख्तियारको पोखरास्थित क्षेत्रिय कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । नागरिकताको सिफारिस गर्दा घुस लिएको भन्दै घुस दिँदा प्रयोग भएको नोटको फोटोकपीसहित अख्तियारमा उजुरी परेको थियो । सेवाग्राहीबाट लिएको ३ हजार रुपैयाँ नगद समेत सचिव लामिछानेबाट बरामद गरिएको क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिनुभयो । उजुरी परेपछि प्रवक्ता भट्टराईकै नेतृत्वमा आएको टोलीले जिल्ला प्रशासन कार्यालय पर्वतको सहयोगमा खानतलासी लिएको थियो । शुक्रबार बेलुकी पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

0 Comments