Incident Reports

NHRC urges restraint, sensitivity among demonstrators

2015-08-23

A discussion has been held between the NHRC personnel and the leaders of Joint Democratic Madhesi Front regarding the ongoing activities of protest and its consequences. Speaking at the discussion, NHRC chairperson Anup Raj Sharma inquired about the objective of the agitation and asked for more restraint and harmony. Saying that NHRC was monitoring the situation, NHRC pledged to continue its monitoring. Speaking at the meeting Tarai Madhes Democratic Party’s senior vice-chairperson Hridayesh Tripathi claimed that the government had suppressed the peaceful demonstration. He added that though other should have extended their support for democratic agitation, Madhesis were left alone in this struggle. Co-chairperson of Sadbhawana Party Laxman Lal Karna said the state should also use restraint to use force and bullet. Tarai Madhes Sadbhawana Party’s senior leader Ram Naresh Ray said that the government should follow the previous understandings. Ashok Rai of Federal Socialist Forum Nepal expressed that peaceful agitation was more powerful that use of weapons. NHRC members Prakash Osti, Sudip Pathak, Govinda Sharma Poudyal and acting secretary Bed Prasad Bhattarai also attended the meeting. नयाँ संविधान बन्ने क्रममा भइरहेको बन्द, हड्ताल, धर्नामा भएको जनधनको क्षति, मानव अधिकार हनन् लगायतको विषयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीच छलफल भएको छ । मधेशी मोर्चाद्वारा देशका विभिन्न स्थानमा भइरहेको आन्दोलनका विषयमा आयोगले मोर्चाका नेताहरूसँग छलफल गरेको हो । छलफलका क्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आन्दोलनको लक्ष्यको बारेमा मधेशी मोर्चाका नेतासँग जिज्ञासा राख्दै आन्दोलनलाई थप संयमित र सद्भावपूर्ण बनाउन आग्रह गर्नुभयो । आन्दोलनको बारेमा आयोगले प्रभावकारीरूपमा स्थलगत अनुगमन गरिरहेको बताउँदै अध्यक्ष शर्माले आगामी दिनमासमेत अनुगमनलाई निरन्तरता दिने बताए । कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले शान्तिपूर्णरूपमा भइरहेको आन्दोलनमा सरकारले निर्ममतापूर्वक दमन गरेको बताए । लोकतान्त्रिक आन्दोलनमा मधेशीलगायतको ऐक्यबद्धता आवश्यक भए पनि मधेश आन्दोलनमा मधेशी एक्लै रहेको अनुभूति उपाध्यक्ष त्रिपाठीले व्यक्त गरे । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बल र बन्दुकको प्रयोग राज्यले संयमतापूर्वक गर्नुपर्ने बताए । तराई मधेश सद्भावना पार्टी नेपालका वरिष्ठ नेता राम नरेश रायले विगतमा मधेशी दलका नेतासँग गरेको सम्झौता अनुसार चल्नुपर्ने भन्दै मधेशी र पहाडी बीचको विभेद झल्किने गरी सरकारलाई व्यवहार नगर्न आग्रह गरे । सङ्घीय समाजवादी फोरम नेपालका नेता अशोक राईले "शान्तिपूर्ण आन्दोलनभन्दा धेरै बल हतियारमा नहुने" विश्वास व्यक्त गरे । कार्यक्रममा आयोगका सदस्य प्रकाश वस्ती, सुदिप पाठक, गोविन्द शर्मा पौड्याल, कामु सचिव वेदप्रसाद भट्टराई लगायतको सहभागिता रहेको थियो ।

0 Comments

Related Trend Analysis