Incident Reports

Morcha bars three parties programmes in two Tarai districts

2016-01-24

Madhes, Sarlahi, Ward 8

Samyukta Loktantrik Madhesi Morcha has forbid major three political parties from holding any public programmes in Bara and Parsa districts. District leaders of the agitating Morcha took this decision following a meeting on Saturday. They issued a press statement and said they will prevent programmes of Nepali Congress, CPN-UML and UCPN (Maoist) in the two districts. The leaders also condemned the incident in Rangeli, Morang, and use of force during over five-months-long Madhes movement. Morcha cadres have previously obstructed NC and UML programmes. They had also vandalised some of the homes of the lawmakers of those parties. मधेसी मोर्चाले ३ दलको कार्यक्रममा रोक लगाएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका स्थानीय नेतृत्वले बारा र पर्सामा कांग्रेस, एमाले र एमाओवादीको कुनै पनि सार्वजनिक कार्यक्रम गर्न नदिने निर्णय गरेको हो । यसअघि पनि एमाले र कांग्रेसका कार्यक्रम बिथोल्ने, सभासदको घरमा तोडफोड र पार्टी कार्यालयमा आगजनी गर्ने जस्ता क्रियाकलाप मोर्चाले गर्दै आएको थियो । शनिबार मोर्चाका २ जिल्लाका अगुवा नेताहरुको बैठकपछि जारी विज्ञप्तिमा तीन दलको कार्यक्रममा रोक लगाउने जनाइएको छ । सरकारले बल प्रयोग गरी अधिकार प्राप्तिको आन्दोलन दबाउन खाजेको आरोप लगाएको छ । विगत ५ महिना भन्दा लामो समयदेखिको मधेस आन्दोलनको क्रममा राज्यतर्फबाट भएका बल प्रयोग र मोरङको रंगेलीमा भएको गोली प्रहारको निन्दा समेत गरेको छ । उक्त घटनापछि आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय समेत गरिएको विज्ञप्तिमा उल्लेख छ । रंगेली घटनामा प्रहरी दमनको विरुद्धमा दोस्रो दिन पनि वीरगन्ज र आसपासका क्ष्ाेत्र पूर्ण रुपले बन्द गराइएका छन् । मोर्चाका कार्यकर्ताले विहानैदेखि सहरका विभिन्न चोकमा टायर बालेर बजार बन्द गराएका थिए । ३ दलका मधेसबाट जितेर गएका सांसद मधेसमा जारी आन्दोलनको विरुद्धमा देखा परेका र हिंसा मच्चाउने सरकारलाई समर्थन गरिरहेकाले प्रमुख दलको कार्यक्रममा निषेद गर्ने निर्णय गरिएको मोर्चाका नेता प्रदीप यादवले बताए । यसैगरि तराई मधेस विद्यार्थी प|mन्ट वाराका अध्यक्ष सन्तोष यादव र अभिषेक झा लगायत पक्राउ परेका युवाहरु माथि लगाइएको मुद्धा फिर्ता लिन माग पनि गरिएको छ । माग पूरा नभए शैक्षिक संस्था, यातायात, कलकारखाना, उद्योग, बैंक तथा बित्तीय संस्था पुनः बन्द गरिने विज्ञप्ति मार्फत जनाएको छ । शनिबारको बैठकमा तमलोपाका महामन्त्रि जितेन्द्र सोनल सहितका नेताहरुको उपस्थिती रहेको थियो ।

0 Comments

Related Trend Analysis