Incident Reports

Accused women traffickers busted

2016-02-03

The Dhading District Court has issued a directive to take action against an Army man among others involved in trafficking of four women as per the Military Law and remand a woman in this connection. A single bench of District Judge Iswor Raj Acharya decided to remand Rachana Gurung, 27, of Syuri VDC-2 of Rolpa district and directed the Nepal Army to take legal action against army man Min Bahadur Gurung, 28, of Nilkantha municipality as per the law. Police on January 10 busted the racketeers from Naubise of Dhading while acting on a tip off that four Nepali women were being taken to the third countries via India. Lalit Pun, who was also convicted on the trafficking charge, is in the run. His address is yet to be found. Police rescued the victims and filed a case of woman trafficking against the racketeers at the Dhading District Court. RSS चार महिलालाई बिक्री गर्न खोज्नेमध्येका एक सेनालाई सैनिक कानुनबमोजिम कारबाही गर्न र एक महिलालाई पुर्पक्षका लागि थुनामा राख्न धादिङ जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश ईश्वरराज आचार्यको इजलासले हिजो अभियुक्त रोल्पा जिल्ला स्युरी गाविस–२ की २५ वर्षीया रचना गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न र निलकण्ठ नगरपालिका–२ का २८ वर्षीय नेपाली सेनाको प्युठ मीनबहादुर गुरुङलाई आफ्नो क्षेत्राधिकारभित्र नपरेकाले सेनाको जिम्मा लगाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको हो । चार महिलालाई काठमाडौँबाट गाडीको प्रयोग गरी भारत हुँदै तेस्रो मुलुकतर्फ लान लागेको थाहा पाएपछि प्रहरीले पुस २६ गते धादिङको नौबिसेबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो । अभियोग लागेका अर्को ललित पुन भने फरार छन् । उनको ठेगाना समेत खुल्न सकेको छैन । चार महिलालाई काठमाडौँबाट गाडी चढाएर अभियुक्तले धादिङको नौबिसेमा झरेर बस्न भनेको र नौबिसे झरेको अवस्थामा प्रहरीले पीडितलाई उद्धार गरी उनीहरुविरुद्ध जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेको थियो । रासस

0 Comments