Incident Reports

Surveyor arrested with bribe money

2016-02-17

The Commission for Investigation of Abuse of Authority (CIAA) on Wednesday arrested a staff of the District Survey Office in Bhairahawa with bribe money. According to the Commission, surveyor Narayan Prasad Chaudhary was caught red-handed with Rs 40,000 bribe money. According to Chief of the CIAA contact office in Butwal SP Umesh Raj Joshi, Chaudhary was arrested acting on a tip-off while he was taking amount from a service seeker from his rented room in Siddharthanagar Municipality-6. अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आज भैरहवाबाट घुस लिँदै गर्दा एक कर्मचारीलाई रङ्गेहात पक्राउ गरेको छ। जिल्ला नापी कार्यालय भैरहवामा कार्यरत सर्वेक्षक नारायणप्रसाद चौधरीलाई अख्तियारको टोलीले सिद्धार्थनगर नगरपालिका–६ स्थित उनकै डेराबाट घुस लिएको रकम रु ४० हजारसहित नियन्त्रणमा लिएको अख्तियार सम्पर्क कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए। निजले रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–६ को (क) कित्ता नं ६१९ को जग्गा हाल साविक गर्न उक्त रकम घुसबापत लिएको र सुराकीका आधारमा पक्राउ गरिएको प्रमुख जोशीले जानकारी दिए। घटनाका बारेमा अनुसन्धान जारी रहेको उनले बताए। रासस

0 Comments