Incident Reports

पानी छोएको निहुँमा दलित महिला माथी कुटपिट l

2016-02-17

Bagmati, Kathmandu, Tokha, Ward 2

पानीको नली छोइएकै निहुमा दलित महिलामाथी निर्मम कुटपिट भएको छ । काठमाडाैंकाे टोखा चण्डेस्वरि कोटाल वडा न ६ निवासी कमला नेपाली माथि कुटपिट भएको हो । लामो समय देखि टोखामा बस्दै आएकी नेपालीकाे पानीको निहुँमा छिमेकी शान्ता केशी भनाभन भए पछि घटनाले ठुलो रुप लिन पुग्यो । शान्ता केशीले कमला नेपालीलाई जग्गा बेचेकी थिइन् । घर भुकम्पले क्षति भए पछि शान्ता केशी कमला नेपाली सगै नजिक घर बनाइ बसेकी थिइन् । शान्ता केशीले प्रयोग गर्ने पानीको नलको पानी कमला नेपालीको परिवारले प्रयोग गर्दै आएका थिए । तर पछिल्लो समयमा शान्ता केसीले आफ्नो धाराको नलको पानी तल्लो जातलार्इ नदिने भनेपछि समस्या उत्पन्न भएको थियाे । यहि बिषयलाई लिएर कमला नेपाली माथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएकी नेपालीलार्इ ग्रान्डी हस्पिटलमा भर्ना गरि उपचार गरिएको छ । कुटपिटमा संलग्नलार्इ टोखा प्रहरीले नियन्त्रणामा लिइ सामान्य साेधपुछमा छोडेको छ । शान्ता केशी र निजका पतिलाई उक्त घटना कै दिन सामान्य सोधपुछ संगै टोखा प्रहरी चौकीबाट छोडिए । तर, पीडितका आफन्त र परिवार न्यायको लागि चक्रपथ प्रहरी चौकीमा दलित तथा महिला अधिकारकर्मी सरु सुनारको बिशेष पहलमा घटनाको विवरण चक्रपथ प्रहरी निरीक्षक टंक प्रसाद भट्टराईलाई जानकारी गराए । यसको लगतै केसी दम्पतीलाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments