Incident Reports

जातीय छुवाछुतको आरोपमा उजुरी दर्ता

2016-02-16

Bagmati, Dhading, Netrawati

नीलकण्ठ नगरपालिका-४ की ५७ वर्षीया बट्टाइ बिश्वकर्माले सोही ठाउँका ३३ वर्षीय पूर्ण गुरुङविरुद्ध जातीय विभेद तथा छुवाछूत गरेको भन्दै फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा पीडितको तर्फबाट मुद्दा दर्ता गरिएको छ । तल्लो जात भनेर हेपेको र नजिक आएमा छोइन्छ भन्दै अपशब्द बोलेर गालीगलौज गरेकोले आरोपित गुरुङलाई जातीय भेदवाभ तथा छुवाछुतसम्बन्धी ऐनअनुसार कारबाही गर्न माग गरी दर्ता गरिएको जाहेरी जिल्ला प्रहरी कार्यायले दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको जाहेरीको राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग, प्रधानमन्त्रिको कार्यालयलाई बोधार्थ समेत दिइएको छ । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको जाहेरी अध्ययन गरी अनुसन्धानपछि आरोपितलाई कानूनी दयरामा ल्याइने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सीताराम अधिकारी
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments