Incident Reports

CIAA arrests police inspector, constable 'for taking bribe'

2016-03-09

Madhes, Saptari, Ward 2

A team from the Commission for the Investigation of Abuse of Authority (CIAA) has arrested police inspector Prem Bahadur Thapa and constable Ashok Yadav of Kadorbana Area Police Office in the district on the charge of accepting a bribe of Rs 40,000. The bribe was given by a motorcyclist without a driving license who hit someone with his bike in Siraha some time ago. Inspector Thapa apparently asked for a bribe "to resolve the case." A team from CIAA's Eastern Region Office arrested the bribe-taking policemen. A police team led by Deputy Superintendent of Police, Ramesh Kumar Basnet, who accompanied the CIAA team tried to arrest inspector Thapa red-handed. But Thapa passed the bribe amount to constable Yadav who threw it in the police office's kitchen. The CIAA team has already recovered the cash used for the alleged bribe. The CIAA had kept a close watch on Inspector Thapa after receiving a complaint that he had demanded a bribe. "We arrested them while they were taking a bribe by calling the bribe-giver to the police office thinking that nobody will know about it on a public holiday," Dullu Raj Basnet, CIAA's Eastern Region chief, told Republica Online. सरकारी विदाको दिन कार्यालय परिसरमै सेवाग्राहीबाट घुस लिंदै गरेको अवस्थाबाट अख्तियारको एक टोलीले बुधवार सप्तरीको कडेरबोनाबाट एकजना प्रहरी निरीक्षक र जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय कडेरबोनाका प्रमुख इन्सपेक्टर(प्रहरी निरीक्षक) प्रेमबहादुर थापा र प्रहरी जवान अशोककुमार यादव छन् । यादव भने इन्सपेक्टर थापाका प्रमुख सहयोगी रहेको बताईएको छ । उनी सादा पोशाकमा रही घुमुको काम गर्दै आएका छन् । गत माघ १७ गते सप्तरीको कुशाहस्थित पूर्व-पश्चिम राजमार्ग खण्डमा भएको एउटा मोटरसाईकल दुर्घटनाको मुद्दा मिलाई दिने भन्दै इन्सपेक्टर थापाले सेवाग्राही स्थानीय मोहम्मद साविर अलिसित डेढ लाख रुपैयाँ माग्दै आएको तथ्य अख्तियारको टोलीले थाहा पाएको थियो । उक्त मोटरसाईकल दुर्घटनामा चालक अलिको आफ्न्त नै घाईते भएको थियो भने घाईतेको उपचार गरी घरसमेत फर्किसकेको अवस्था छ । तर, पनि इन्सपेक्टर थापाले आफूलाई पैसा नदिएसम्म मुद्दा नमिलाउने भनि अडान लिएपछि मोटरसाईकल धनी अलि बाध्य भएर बुधवार पैसा दिन प्रहरी कार्यालय इन्सपेक्टर समक्ष पुगेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । पछिल्लो केही दिनदेखि उक्त मुद्दा मिलाउने सम्बन्धमा प्रहरीले बार्गेनिङ्ग गरिरहेको जानकारी पाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित क्षेत्रिय कार्यालयका टोलीले निगरानी राख्दैआएको थियो । सोही क्रममा सरकारी विदाको दिन माथिल्लो निकायबाट कोही नआउने आशमा रहेका प्रहरी निरीक्षक थापलाई अख्तियारका प्रहरी नायब उपरिक्षक रमेश बस्नेत नेतृत्वमा खटिएको टोलीले ५० हजार रुपैयाँ घुस लिंदालिदै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय धनकुटाका प्रमुख डुल्लुराज बस्नेतले जानकारी दिए । 'हाम्रा टोलीले मोटरसाईकल धनी कुशाह ६ का मोहम्मद साविर अलिसँग ५० हजार घुस लिएर प्रहरीको भान्सा घरमा लुकाउन गएका बेला अख्तियारको टोली लखट्दै इन्सपेक्टर थापाका सहयोगी प्रहरी जवान यादवलाई पैसासहित पक्राउ गर्‍यो,' अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय धनकुटाका प्रमुख बस्नेतले भने, 'त्यसअघि इन्सपेक्टर थापाले मोटरसाईकल धनीसित पैसाको बार्गेनिङ्ग गरेको हाम्रा टोलीले प्रत्यक्ष सुनेको आधारमा दुबै जनालाई नियन्त्रणमा लिईएको हो ।' पक्राउ परेका इन्सपेक्टर थापा र जवान यादवलाई अख्तियारले इटहरीस्थित सम्पर्क कार्यालय लगेको छ भने बिहीवार केन्द्रीय कार्यालयमा उपस्थित गराई विशेष अदालतमा मुद्दा दर्ता गराउने तयारी अख्तियारको छ ।

0 Comments