Analysis

निर्वाचनको वातावरणमा सप्तरी घटनाको असर – विश्लेषण अद्यावधिक — २

2017-04-11

विश्लेषण अद्यावधिक — २

अवधिः फागुन २४ देखि चैत २, २०७३ | प्रकाशितः चैत १५, २०७३

सारांश

फागुन २३ गते सप्तरीको मलेठमा सुरक्षाकर्मीसँगको मुठभेडमा सुरक्षाकर्मीको गोली लागी पाँच मधेशी नागरिक मारिए । यस घटनाले मधेशी मोर्चा समर्थकहरुलाई विरोध प्रदर्शन गर्दै तत्कालै सडकमा पुगियो र वर्तमान राजनीतिक वातावरणमा निर्वाचन सम्पन्न गर्नसक्ने क्षमता माथि नै देशव्यापी बहस छेड्यो । चैत २ मा मधेशी मोर्चाले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गर्दै निर्वाचनको विरोधमा विभिन्न कार्यक्रम गर्ने घोषणा गरियो।

                                                                                                        ***

यो प्रतिवेदन डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डिआरसीएन) र शान्तिका लागि साझा अभियान (कोक्याप)÷नेपाल मोनिटरले आउँदो निर्वाचनको अवधिभर प्रकाशन गर्ने आवधिक विश्लेषण अद्यावधिक शृंखलाको दोस्रो संस्करण हो । डिआरसीएनले स्थलगत अवलोकन, अनुसन्धान र वस्तुगत रिपोर्टिङ मार्फत् नेपालको लोकतन्त्रलाई प्रवर्धन गर्ने लक्ष्य लिएको छ । कोक्यापले नेपालको शान्ति प्रक्रियालाई विभिन्न तरिकाले सघाएको छ, तीमध्ये सामाजिक सुरक्षा प्रणालीलाई प्रबर्धन गर्ने, लोकतान्त्रिक अभ्यासहरुलाई सबल पार्ने र मानवअधिकारको संस्कृतिलाई विकास गर्ने मुख्य हुन्। यस परियोजनाले द एशिया फाउन्डेशन र द कार्टर सेन्टरबाट आर्थिक र प्राविधिक सहायता प्राप्त गरेको छ ।

0 Comments