Incident Reports

कथित बोक्सीको आरोप लगाउनेविरुद्ध मुद्दा दर्ता

2016-04-17

Madhes, Saptari, Rupani

शम्भुनाथ नपा-४ की ६८ वर्षीया द्रोपदीदेवी देवलाई कथित बोक्सीको आरोपमा दुर्व्यवहार गर्दै कुटपिट गरेको आरोपमा कटैया गाविस-८ मकरी टोलका २९ वर्षीय बिहारी सरदार बाँतरविरुद्ध जिल्ला प्रहरी कार्यालयले वैशाख २७ गते मुद्दा दर्ता गरेको छ । आरोपितसँगै पीडितको आँगनमा आएका अन्य तीनजना अपरिचित व्यक्तिले घरमा अन्य व्यक्ति नभएका बेला ०७३ वैशाख ५ गते जगल्टा समाउँदै कुटपिट गरेको र बचाउन आएकी जेठी बुहारी तुलसी देवलाई समेत कुटपिट गरेको पीडितले बताइन् । मादक पदार्थ सेवन गरी हातमा लाठी लिएर पीडितको आँगनमा आएका आरोपित बाँतरले उनकी पत्नीलाई टुनामुना गरी तन्त्रमन्त्र विद्याबाट विरामी बनाएकोले तुरुन्त ठिक पार्न भन्दै कुटपिट गरेको शम्भुनाथ नपा-८ का सुकमार साहले जानकारी दिए । घटनापछि फरार रहेका आरोपितको खोजी कार्य भइरहेको एसपी भीमप्रसाद ढकालले बताए । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Female Abducted 00
INSEC

0 Comments