Incident Reports

टीकापुरमा अघोषित निषेधाज्ञा

2016-05-13

स्थानीय प्रशासनले टीकापुरमा अघोषित निषेधाज्ञा जारी गरेको छ। थरुहट पक्षधरले कार्यक्रम गर्ने भनेपछि स्थानीय प्रशासनले रोक लगाएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले अघोषित निषेधाज्ञा नभई सुरक्षा सतर्कता अपनाएको बताए। उनले भदौ ७ गतेको जस्तै कुनै अप्रिय घटना नहोस् भनेर कार्यक्रममा रोक लगाएको नागरिकन्युजलाई बताए । 'घटनापछि अवस्था सामान्य हुँदैछ। यस्तो बेलामा कार्यक्रम नगर्नुस् भनेको मात्रै हो' उनले नागरिकन्युजसँग भने–'स्थानीय प्रशासनको कुनै दफा प्रयोग भएको छैन । यसलाई निषेधज्ञा भन्न उचित नहोला ।' टीकापुरको सुरक्षा सतर्कता समेत निकै कडा पारिएको छ। बजार क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी गरी करिव पाँच सय सुरक्षाकर्मी परिचान गरिएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक गौतम मिश्रले कार्यक्रमलाई लक्षित गरेर सुरक्षा कडा पारिएको जानकारी दिए। सुरक्षाकर्मीले शंकास्पद व्यक्तिहरुलाई चेकजाँच समेत गरिरहेका छन्। एकाबिहानै बजार क्षेत्रमा ब्यापकसुरक्षाकर्मी देखेपछि स्थानीय त्रसित भएका थिए। मिश्रले कार्यक्रम नहुने भएपछि सुरक्षा व्यवस्था समेत खुकुलो पार्दै लगिएको बताए। स्थानीय प्रशासनले रोक लगाएपछि थरुहट पक्षधरले ग्रामीण क्षेत्रमा कार्यक्रम गर्ने तयारी थालेको छ । गत वर्ष भदौ ७ गते थरुहटले आयोजना गरेको कार्यक्रममा प्रदर्शनकारीको आक्रमणमा परी नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित आठ सुरक्षाकर्मी र एक नाबालक मारिएका थिए। सो घटनापछि प्रशासनले टीकापुर क्षेत्रलाई सम्वेदनशील मान्दै सुरक्षा चासो बढाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Protesters/demonstrators
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis