Incident Reports

संघीय गठबन्धको सिंहदरबार घेराउ सुरु, माइतीघरमा गाडी तोडफोड

2016-05-14

Bagmati, Kathmandu, Kathmandu

मधेसी दलसहितको संघीय गठबन्धनले सिंहदरबार घेराउले वरपरको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । गठवन्धनमा आवद्ध दलहरुले सिंहदरबार आउने विभिन्न नाकाहरुमा जम्मा भएर अवरोध गरेका छन् । प्रहरीले थापाथलीबाट चारपाङ्ग्रे गाडी अगाडि आउन दिइएको छैन । माइतीघरमा सबैभन्दा ठूलो समुह छ । त्यहाँ बाक्लो संख्यामा प्रहरी तैनाथ छन् । बबरमहलस्थित सिडियो कार्यालय अगाडि पनि प्रदर्शनकारी जम्मा भएका छन् । प्रदर्शनकारीले बा १ झ ३६१० नम्बरको बस माइतीघरमा तोडफोड गरेका छन् । अहिलेसम्म प्रहरीले प्रदर्शनकारी निषेधित क्षेत्रभित्र जान दिएको छैन । प्रहरी र प्रदर्शनकारीबीच मुठभेडको स्थिति पनि आएको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis