Incident Reports

सुरक्षाको मागगर्दै सामाजिक परिचालकहरू सदरमूकाममा

2016-05-16

Bagmati, Sindhuli, Kamalamai

जिल्लाका भूकम्भ प्रभावित गाविसमा क्रियाशील सामाजिक परिचालकहरू सुरक्षाको माग गर्दै जिल्ला सदरमुकाम आएका छन् । भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणका लागि पछिल्लो पटक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको तथ्याङ्क संकलनमा त्रुटि भई पीडितहरूले राहत नपाएको भनी गाउँगाउँमा खटिएका सामाजिक परिचालकहरूलाई अपमान गर्ने, गाली गलौज गर्ने, पुत्ला दहन गर्ने तथा धम्की दिनेसम्मको काम भएको भन्दै उनीहरू सुरक्षाको माग गर्दै सदरमुकाम आएका हुन् । उनीहरूले जेठ २ गते जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्ला विकास समितिमा सुरक्षाको माग गर्दै भूकम्पको तथ्याङ्क सङ्कलनको सम्पूर्ण जवाफदेहिता सामाजिक परिचालकहरूले लिनुपर्ने भन्ने आशयबाट पीडितहरूले स्थानीयस्तरमा काम गर्न अप्ठ्यारो पारेको कारण काम गर्ने वातावरण सृजना गरिदिन ज्ञापन पत्रसमेत बुझाएका छन् । उनीहरूले इन्जिनियरहरूलाई तथ्याङ्क सङ्कलनमा सहयोग गरेबापत सामाजिक परिचालकले भोग्नु परेको समस्यालाई समाधान गर्न स्थानीय राजनीतिक संयन्त्रलाईसमेत सहयोगका लागि आग्रह गरेका छन । सामाजिक परिचालकहरूको संगठन स्थानीय सामाजिक परिचालक हकहित संरक्षण समिति सिन्धुलीको नेतृत्वको टोलीले प्रेस विज्ञप्तिसमेत जारी गरी सुरक्षाको लागि अपिल गरेका छन् । उनीहरूले सामाजिक परिचालकलाई अपमान गर्ने र पुत्ला दहन गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनसमेत माग गरेका छन् । वैशाखको तेस्रो साता स्थानीयले महेन्द्रझाडी गाविसका सामाजिक परिचालक दुर्गाप्रसाद खनालको पुत्ला दहन गरेको उनीहरूले बताएका छन् । स्थानीय सामाजिक परिचालक हकहित संरक्षण समिति सिन्धुलीले सामाजिक परिचालकहरू असुरक्षित भएका कारण सुरक्षाको अनुभूतिको वातावरण निर्माण नभएसम्म पुनर्निर्माणको काममा सहयोग नगर्ने निर्णय गरेको समितिका अध्यक्ष राजु उप्रेतिले बताए । सामाजिक परिचालकहरू स्थानीय तहमा असुरक्षित भएको विषय आफूले गम्भीर रूपमा लिएको र सुरक्षाको वातावरण मिलाउने सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले बताए । बिमला पाण्डे
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments