Incident Reports

यातनापीडितद्वारा मानवअधिकारकर्मीसँग सहयोगको लागि आग्रह

2016-05-21

Madhes, Siraha, Sakhuwanankarkatti

 प्रहरी हवल्दारले यातना दिएको भन्दै पीडितहरूले न्यायका लागि पहल गरिदिन मानव अधिकारकर्मीहरूसँग जेठ ९ गते सहयोगको लागि आग्रह गरेका छन् । सुखिपुर नपा-६ का २२ वर्षीय प्रमोद साफी र ३२ वर्षीय दिनेश साफीलाई वेस क्याम्प सिलोर्वा पछवारीका प्रहरी हवल्दार हंसराज मण्डलले जेठ ७ गते यातना दिएपछि उनीहरूले मानव अधिकारकर्मीहरूको सहयोगको आग्रह गरेका हुन् । उनीहरूले सहयोग मागेपछि मानवअधिकार संरक्षणकेन्द्र सञ्जाल, इन्सेक, ओरेक, समग्र विकस सेवा केन्द्र, मुक्ति नेपाल, इह्रिकन लगायतका संस्थाहरुले जेठ ९ गते घटनाको अनुगमन गरेका थिए । अनुगमन पछि प्रहरी हवल्दारले यातना दिएको बुझिएको जानकारी दिँदै सञ्जालकी सचिव गङ्गा अधिकारीले कानुनको पालना गर्नु पर्ने प्रहरीले यातना दिनु मानवअधिकारविरुद्धको कार्य भएकोले आरोपित हवल्दारलाई कारबाही गरी पीडितलाई उचित क्षतिपूर्ति दिनु पर्ने बताइन् । पीडितहरूका अनुसार जेठ ७ गते दिनेश र उनका दाजु ४५ वर्षीय राजकुमार साफीबीच घरायसी विवादमा झगडा भएपछि दिनेशले दाजुलाई कुटपिट गरेका थिए । कुटपिट पछि दिनेश बेस क्याम्पमा शरण लिन पुगेका थिए । पछिबाट उनका दाजु पनि उजुरी दिन पुगेका थिए । उनिहरूले उजुरी दिएर घर फर्केपछि हवल्दार मण्डलले प्रहरी कोठामा लगि दिनेशलाई भुईमा लडाएर पैतालामा लाठीले कुटपिट गरेको पीडित दिनेशले बताए । कुटपिट पछि प्रहरीको कोठा सफा गर्न लगाएको र दाउरा काटन लगाएको समेत उनले बताए । केहीबेर पछि हवल्दारले आफै राजकुमार साफीको छोरा प्रमोदलाई बेस क्याम्पमा बोलाएर उनलाई पनि यातना दिएको प्रमोदले बताए । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी श्याम ज्ञवालीका अनुसार घटनाका आरोपित हवल्दारसँग सोधपुछ गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ । दुर्गा परियार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
INSEC

0 Comments