Incident Reports

राजधानीमा तीन सवारीसाधनमाथि तोडफोड, ७७ जना नियन्त्रणमा

2016-05-25

Bagmati, Kathmandu, Kathmandu, Ward 10

बन्द गराउँदै हिँडेका ७७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार बिहान बन्दकर्ताहरुले टेकु र महाराजगन्जमा सवारीसाधनमाथि तोडफोडसमेत गरेका छन्। प्रहरीका अनुसार बा१झ ४८१३ नम्बरको सुमो, बा२झ २००० नम्बरको ट्याक्सी टेकुमा र बा१झ १५९९ नम्बरको ट्याक्सी महाराजगन्जमा तोडफोड गरिएको थियो। 'बन्द गराउँदै हिँड्ने ७७ जनालाई नियन्त्रणमा लिएका छौं। उनीहरुले विभिन्न स्थानमा बसेर गाडी चल्न अवरोध सिर्जना गरेको र केही सवारीसाधनमाथि तोडफोड गरेपछि नियन्त्रणमा लिएका हौं,' महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शरद चन्दले नागरिकन्युजलाई बताए। ट्राफिक नियम उल्लङ्घन गरेकोमा लाग्ने शुल्क बढाएको भन्दै यातायात व्यवसायीले आज बिहानैदेखि चक्काजाम गरेका छन्। यातायात व्यवसायीहरुले ट्राफिक प्रहरी शुल्क रु २५ देखि २०० सम्मलाई जेठ १ गतेदेखि लागू हुनेगरी रु ५०० देखि रु एक हजार ५०० सम्म पुर्याएको भन्दै चोकचोकमा सवारीसाधन थन्क्याएर चक्काजाम गरेका हुन्। काठमाडौँ उपत्यकामा अत्यावश्यक सवारीसाधनबाहेक अरू कुनै पनि भाडाका सार्वजनिक सवारीसाधन नचलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले जानकारी दिए । विसं २०७२ असोज १४ गते ट्राफिक ऐन संशोधन गरी ट्राफिक नियम उल्लङ्घन गर्नेलाई यही जेठ १ गतेदेखि लागू हुनेगरी ट्राफिक जरिवाना वृद्धि भएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Other
Primary Cause Other governance issues
Actor 1 - Number of people 77
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 3
National/Online Media

0 Comments