Incident Reports

विप्लबको बन्दले कर्णाली ठप्प

2016-06-03

Karnali, Humla, Kharpunath

विप्लव नेतृत्वको नेकपा माओवादी बन्दका कारण कर्णाली ठप्प छ। कर्णालीको हुम्ला, मुगु, डोल्पा, कालिकोट र जुम्लामा एक दिने बन्द आव्हान गरेको हो। भ्रष्टचारी, कालोवजारी र द्वन्द्वका मुद्दा व्युताउने सरकारी रवैयाविरुद्ध बन्द आव्हान गरिएको भेरी कर्णाली स्वायत्त प्रदेशका सभामुख चन्द्रवीर तिरुवा रविकिरणले जानकारी दिए। नाकावन्दीको कारण देखाउँदै बजारमा कालोबजारीले सीमा नाग्दा समेत सरकारी नजर पुग्न नसकेको भन्दै दवाबस्वरुप बन्द गरिएको उनले बताए। 'यो समयमा विकास निर्माणका योजना सञ्चालन गर्दा तिव्र भ्रष्टाचार भईरहने भएकोले त्यसको खवरदारी स्वरुप बन्द गरेका हौु, उनले भने। अब विकासमा भ्रष्टचार हुन नदिने भन्दै भ्रष्टचारी नियतका साथ गाउँ जाने कुनै पनि कर्मचारीलाई आफ्नो जनसत्ताले कार्वाही गर्ने बताए। उनले द्धन्द्धकालीन मुद्धा व्युताएर सरकारले फेरि युद्ध निम्त्याउने क्रियाकलाप गरेकोमा आपत्ति प्रकट गर्दै त्यसविरुद्ध सशस्त्र आन्दोलनको तयारी भइरहेको बताए। उनले भने सरकारले युद्ध चाहेको भए युद्ध लड्न तयार हुने विप्लव माओवादीले चेतावनी दिएको छ। तत्काल कालोबजारी, भ्रष्टचारीलाई समयमै निराकरण नगरिए कडा आन्दोलनको चेतावनी दिएको छ। माओवादी वन्दका कारण कर्णाली राजमार्गमा सञ्चालन हुने लामो तथा छोटो दुरीका यातायात सेवा सञ्चालन भएका छैनन । पसल तथा होटलहरु विहानै देखि बन्द छन्। उद्योग कलकारखाना, शिक्षण सस्था बन्द गरिएका छन्। सरकारी तथा गैरसरकारी कार्यालयमा समेत सेवा ग्राहीको न्युन सहभागिता रहेको छ। एम्वुलेन्स सेवा बाहेक कुनै पनि सेवा सञ्चालन गर्न नपाईने र कसैले बन्द अवज्ञा गरे कार्वाही गर्ने जनाएको छ। बन्दले कर्णालीको जनजीवन निर्क कष्टकर वनेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments